आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ट्रम्पको घोषणाः हामीले चाँडै कोरोना विरुद्धको भ्याक्सिन पाउँदैछौं

ट्रम्पको घोषणाः हामीले चाँडै कोरोना विरुद्धको भ्याक्सिन पाउँदैछौं

  • मिडिया डबली
  • बुधवार, आषाढ १० २०७७

  • 4.5K
    SHARES

  • ट्रम्पको घोषणाः हामीले चाँडै कोरोना विरुद्धको भ्याक्सिन पाउँदैछौं

    काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको एउटा भ्याक्सिन छिट्टै प्राप्त हुन लागेको घोषणा गरेका छन्। कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक अमेरिकामा कोरोनाको खोप चाँडै प्राप्त हुन लागेको ट्रम्पको दाबी छ।

    एरिजोना राज्यमा आयोजित चुनावी र्‍यालीमा विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा सरकारले गरेका कामहरूको विवरणसमेत पेस गरेका थिए।

    सम्बोधनकामा उनले केही मानिसहरूले कोरोना भाइरसलाई ‘वुहान भाइरस’ ‘कुङ फ्लु’ र ‘चाइनिज फ्लू’ समेत भन्ने गरेको उल्लेख गरेका थिए।
    ‘हामीले छिट्टै एउटा भ्याक्सिन पाउँदैछौं, हामीले अमेरिकी सेनाको तागत देखाइदिएका छौं’, उनले भने।

    उनले विरामीहरूलाई बचाउन भेन्टिलेटरको कमी हुन नदिएको बताउँदै न्यू योर्कमा आफ्नो सरकारले अस्पताल बनाएको भएपनि प्रयोग नगरेको बताए। कोरोनाका कारण अमेरिकाको अर्थव्यवस्थामा गम्भीर धक्का परेको छ।

    यसले बेरोजगारी बढाउने संकेत देखाइरहेको छ। यसमाथि चर्चा गर्दै उनले ३ अर्ब अमेरिकी डलरको कोष बनाउने विधयेक पास गरेको बताए।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ १० २०७७०९:१९:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend