आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीलाई आइलाग्यो ठूलो आपत, उठ्यो आलोपालो प्रधानमन्त्रीको बहस

केपी ओलीलाई आइलाग्यो ठूलो आपत, उठ्यो आलोपालो प्रधानमन्त्रीको बहस

  • मिडिया डबली
  • बुधवार, आषाढ १० २०७७

  • 5.9K
    SHARES

  • केपी ओलीलाई आइलाग्यो ठूलो आपत, उठ्यो आलोपालो प्रधानमन्त्रीको बहस

    काठमाडौं–नेकपामा सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने विषय फेरि उठ्ने भएको छ। आज सुरु हुने स्थायी समिति बैठकमा पार्टीको सचिवालयका मुख्य नेतासहित स्थायी समितिका सदस्यहरुले यो विषय उठाउने तयारी गरेका छन्।

    प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेताहरुसँग शक्ति बाँडफाँटका विषयमा पछिल्लो पटक गरेको सहमति पालना नगरेको भन्दै उनीहरुले यो मुद्दा उठाउने तयारी गरेका हुन्।

    नेकपाका वरिष्ठ नेता झलनाथ खनालले बैठकले केही नयाँ निर्णय गर्ने बताए। बैठकमा खासगरी पार्टी, सरकार र एमसीसी तीनवटा एजेन्डाबारे छलफल हुने उनको भनाइ छ।

    पटक–पटक मिति तय गर्दै स्थगित हुँदै आएको स्थायी समिति बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।

    यो विषय उठाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री रामबहादुर थापा पनि सहमत भएको स्रोतको दाबी छ।

    यसअघि गृहमन्त्री थापा प्रधानमन्त्री ओलीको पक्षमा देखिए पनि यस पटक उनी प्रचण्ड–नेपाल खेमामा उभिने वचन दिएको बताइएको छ।

    सरकार र पार्टी सञ्चालनको कार्यशैलीप्रति नेताहरु सन्तुष्ट छैनन्। उनीहरुले पार्टीलाई विधि र मापदण्डका आधारमा सञ्चालन गर्नुपर्ने माग राख्दै आएका छन्। तर, त्यसको कार्यान्वयन भएको छैन।

    आलोपालो सहमति कार्यान्वयनको विषय बैठकमा उठेको खण्डमा ओलीमाथि सत्ता छाड्न दबाब बढ्नेछ। पाँच वर्षको अवधिमा आधाआधा कार्यकाल सत्ता र पार्टीको नेतृत्व गर्ने सहमति अनुसार ओलीले सरकार चलाएको साढे २ वर्ष हुन लागिसकेको छ।

    २०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीचमा एकता भएर नेकपा बनेपछि ओली र प्रचण्ड दुवै जना अध्यक्ष रहने, सरकार र पार्टीको नेतृत्व दुवैजनाले आलोपालो गर्ने सहमति भएको थियो।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ १० २०७७०९:१२:४१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend