आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

स्वास्थ्यकै निहुँमा सरकार ढाल्ने तयारी! बालुवाटारमा खैलाबैला

स्वास्थ्यकै निहुँमा सरकार ढाल्ने तयारी! बालुवाटारमा खैलाबैला

  • मिडिया डबली
  • बुधवार, आषाढ १० २०७७

  • 21.6K
    SHARES

  • स्वास्थ्यकै निहुँमा सरकार ढाल्ने तयारी! बालुवाटारमा खैलाबैला

    काठमाडौं–कोभिड–१९ को अप्रत्यासित महामारीलाई धान्न रातारात अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद गर्ने मन्त्रीसहित उच्च अधिकारीहरु सार्वजनिक लेखा समितिको कठघरामा उभ्याइएका छन् ।

    कुन समय,परिस्थिति र बाध्यताबीच मन्त्रालयले काम गरिरहेको छ भन्ने कुरा अरुले भन्दा बढी सत्तारुढ दलका सांसदहरुले बुझिदिनुपर्नेमा त्यहाँ पनि गुट लागेको भन्दै बालुवाटार असन्तुष्ट भएको छ । उसको सुक्ष्म अनुगमनमा बरु,प्रतिपक्षी सांसदहरु त्यति चर्किएर बोलेका छैनन् । सत्तापक्षीय सांसद भने ‘खायो–बितायो–सिध्यायो’ को शैलीमा पेश भइरहेका छन् ।

    अर्को दुःख छ,स्वास्थ्य मन्त्रालयलाई मन्त्रिपरिषद्कै यथेष्ट सहयोग छैन । सत्तासिन दल,तर फरक गुटका सांसदहरु चाहिँ यही विषयलाई उछाल्न पाए केपी ओलीलाई यसैबाट सिध्याउन सकिन्छ भन्ने मनशायमा छन् । तर,ओली क्याबिनेट १ करोडभन्दा माथिको खरिदलाई मन्त्रिपरिषद्बाट अनुमोदन गराउने कुरा आएपछि हात लुलो पार्दै पन्छिरहेको मन्त्रालयका हाकिमहरु बताउँछन् ।

    यो खरिद प्रक्रियासँग सीधै जोडिएको र यत्रो विवादको विषय बन्नुको कारक हो,ओम्नी समूह । उसले संकटको समयमा सामान ल्याइदिन्छु भन्यो,मन्त्रालयले पत्यायो । सामानका खरिद र बिक्री मूल्यका अन्तर झिक्दै ब्रम्हलूट मच्चाइएको भनी बजारमा व्यापक चर्चा भयो । र,सरकारले आफ्नो बचावका निम्ति ओम्नीसँगको सम्झौता रद्द,उसले जम्मा पारेको धरौटी रोक्काजस्ता काम गर्‍यो ।


    यही मामिलामा आएर फेरि ओम्नीले पनि मन्त्रालयलाई नै दुःख दियो । ऊ भुक्तानी मामिला सल्टाउन बेलैमा अदालत गएन । राजनीतिक शक्ति प्रयोग गर्दै रह्यो ।

    त्यही कारण मन्त्रालयले केही भुक्तानी पनि दियो । फलस्वरुप,ओम्नी उम्कियो । मन्त्रालयका हाकिमहरु भ्रष्टाचारीका रुपमा चित्रित हुन थाले । यदि ओम्नी समयमै अदालत गइदिएको भए अदालतको आदेशानुसार भुक्तानी दिएको भन्ने ठाउँ कर्मचारीहरुसँग हुन्थ्यो । अहिले त्यो ठाउँ पनि रहेन ।

    अनि,सत्तापक्षीय सांसद नै कराउन थाले, ‘रातभरि बैंक खुल्छ ?’

    यही झ्याउलोबाट मुक्ति मिल्छ भनेर भ्रष्टाचारीको दोहोलो काढ्ने सचिव यादव कोइरालाले सरुवा मागे । अहिलेका सचिव लक्ष्मण अर्याल पनि हाजिर भएको २० दिनमै ‘बस्न मन लागेन’ भन्न थालिसकेका छन् ।

    ‘म कहाँ जानुपर्ने मान्छे ! के गर्नुपर्ने मान्छे ! कुन ठाउँमा आएर फस्न पुगेँ !’ भन्दै निकटस्थहरुसँग गनगन गरिरहन्छन् ।

    हुँदाहुँदा ४ लाख रुपैयाँ परेको ‘कोभिड–१९ स् स्वास्थ्य मन्त्रालयको प्रयास’ नामक किताबमा पनि अकुत हिनामिना गर्‍यो भन्दै उनै सचिवलाई सामाजिक सञ्जालहरुमा डामिँदैछ । सार्वजनिक लेखा समितिमा सदस्य रहेका प्रधानमन्त्रीनिकट सांसद विशाल भट्टराईहरु चूपचाप छन् । तर,विरोध खतिवडा र पूर्व स्वास्थ्य राज्यमन्त्री धर्मशीला चापागाईंहरु यसरी प्रश्न गर्छन्,मानौँ देशको भएभरको ढुकुटी स्वास्थ्य मन्त्रालयले नै सखाप पारिसक्यो ।

    विरोध पार्टीभित्र अर्कै कित्ताका हुन् । बरु, नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजाल सैद्धान्तिक सवालमा मात्रै प्रश्न राखिरहेका छन् ।

    कांग्रेसका अर्का सांसद राजन केसी हिजो निकै नरम रुपमा पेश भए । तर, नेकपाकै सांसदहरु अनियमितताको कुरा मज्जैले उठाइरहेका छन् । मन्त्रालयका हाकिमहरुचाहिँ संकटको समयमा सामान आयात गर्दा केही प्रक्रियागत त्रुटी भएको स्वीकार्छन् । तर, त्यस्तो स्वीकारोक्तिले पनि सुख पाइरहेका छैनन् ।

    ‘किन त्रुटी भयो त ?’ भन्दै नेकपाकै अर्को खेमाका नेता कराइहाल्छन् ।अनि माओवादीनिकट अखवारले धुवाँदार लेखिरहेको सरकारी गुनासो छ! प्रधानमन्त्रीको आक्रोश छ–जे मा पनि भ्रष्टाचार देख्ने ? स्वास्थ्यले भन्दा सहजै ल्याउला भनेर सेनालाई जिम्मा दियो,त्यहाँ पनि सराप्न नछाड्ने ! यो सुनियोजित खेल हो,सरकारलाई असफल सिध्द गर्ने हाम्रै कमरेडहरुको गेम प्लान हो !

    जबकि,बिल्कुलै नौलो कोभिड–१९ को महामारीका कारण संसारभर अत्यावश्यक सामाग्रीको अभाव,असमान मूल्य पाइन्छ ।
    जस्तो कि,अस्ट्रेलियाले चीनबाट किनेको सामान अमेरिकाले आफ्नो अभाव टार्न बैंककबाट खोसेर लग्यो । अनि आफ्नो देशमा चार गुणा बढी मूल्यमा बेचिरहेको छ ।

    यो एउटा उदाहरणमात्र हो । अहिले संसारभर यस्तै भइरहेको छ ।

    विवाद र चर्चा जेजस्तो भए पनि नेपालमा औषधीको अभाव भने अब रहेन । त्यसमाथि कोभिड–१९ प्रमाणित भएका ९० प्रतिशतभन्दा बढी नेपालीमा लक्षण नदेखिने प्रवृत्ति छ । यसबाट संसारै चकित खाइरहेको छ । मानिसमा रोग छ । तर, रुघा, खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या छैन । यसलाई स्वास्थ्य मन्त्रालयले सकारात्मक रुपमा लिएको छ ।

    बरु,बिरामीको संख्या अहिलेकै रफ्तारमा अर्को एक महिनासम्म बढिरह्यो अस्पतालमा शैयाको समस्या हुनसक्ने मन्त्रालयका अधिकारीहरु बताउँछन् । जनआस्था साप्ताहिक

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ १० २०७७०८:४८:१७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend