आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट मन्त्रीले काम पाएनन्, बने स्कुल बिक्री कार्यक्रमको प्रमुख अतिथी

कम्युनिस्ट मन्त्रीले काम पाएनन्, बने स्कुल बिक्री कार्यक्रमको प्रमुख अतिथी

  • मिडिया डबली
  • सोमवार, आषाढ ८ २०७७

  • 7.9K
    SHARES

  • कम्युनिस्ट मन्त्रीले काम पाएनन्, बने स्कुल बिक्री कार्यक्रमको प्रमुख अतिथी

    विराटनगर– कम्युनिस्ट मन्त्रीले काम नपाउँदा प्रदेश १ का जनता वाक्क दिक्क बनेका छन्। कोरोना महामारी नियन्त्रणमा खटिनुपर्ने बेला तालुकदार मन्त्रालयका मन्त्री नै बरालिँदा जनताले के सोच्लान् ?

    तर, प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले यस्तै हर्कत गरेका छन्। उनी स्कुल बिक्री गर्ने कार्यक्रमको प्रमुख अतिथि बनेका छन् ।

    शनिबार युनिभर्सल लर्डबुद्ध कम्पनीले सञ्चालन गर्दै आएको लर्ड बुद्ध उच्च माध्यमिक विद्यालय (लर्डबुद्ध कलेज) न्युरो अस्पताल विराटनगरको टिमलाई हस्तान्तरण गर्ने कार्यक्रमका प्रमुख अतिथि बनेका मन्त्री घिमिरेले भाषण पनि गरेका थिए ।

    मन्त्रीलाई साक्षी राखेर लर्डबुद्ध स्कुल सञ्चालन गरिरहेको युनिभर्सल लर्ड बुद्धका अध्यक्ष नितिनचन्द्र गजुरेलले स्कुलको सम्पूर्ण स्वामित्व न्युरो कार्डियो एण्ड मल्टीस्पेसियालिटी हस्पिटल सञ्चालक डाक्टर वीरेन्द्र विष्टलाई हस्तान्तरण गरे । स्कुल बिक्री कार्यक्रमको मन्त्री पुरा समय बसेका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ ८ २०७७१२:२२:२९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend