गोरखा– पछिल्लो समय नेपाली भूमी लिपुलेक, कालापानी र लिम्पियाधुरा भारतले अतिक्रमण गरेको विषय चर्चामा छ। तर, नेपालमा केही यस्ता ठाँउ पनि छन् जहाँ चीनले अड्डा जमाएको, छ। गोरखाको एउटा गाँउ ६० वर्षदेखि तिब्बतको अधिनमा छ।
उत्तरी गोरखाको रुई गाउँ सरकारी हेलचेक्र्याइँका कारण २०१७ देखि चीनको अधिनमा छ। चीनको स्वशासित क्षेत्र तिब्बतले नेपाली गाँउमा कब्जा जमाएको हो। उक्त गाउँमा हाल ७२ घर छन्। यो गाँउ अहिले नेपालको नक्सामा समेत छैन।
रुईभोटका बासिन्दाले जग्गाको कर तिरेको अभिलेख मालपोत कार्यालय, गोरखामा सुरक्षित छ। तर, गाँउ भने चीनको कब्जामा छ।
इतिहासकार रमेश ढुंगेलका अनुसार गोरखाको उत्तरी भेगमा रुई र तेघा भन्ने दुईवटा गाउँ नेपालकै हुन्। २०१७ मा गएको नापी टोलीले साम्दो र रुईको बीचमा ३५ नम्बर पिलर राख्न तिब्बतसँग सहमति जनाएपछि नेपाली भूभाग उता पुगेको हो। सामागाउँ, साम्दो, रुई गाउँको भाषा, धर्म, भेषभूषा, संस्कृति उही छ।
तिब्बततर्फ समेटिएपछि रुईका कतिपय बासिन्दाले कडा असहमति जनाएका थिए। उनीहरू भागेर सामागाउँ नजिकै आफ्नै बारी तथा गोठ रहेको साम्दो भन्ने ठाउँमा रातारात आएका थिए।
लापरबाहीकै कारण किमाथांकाका करिब ३ सय ५० घरधुरी पनि तिब्बततिर परेको, मुस्ताङमा पनि दुई दिनभरि पैदल हिँडेर नसकिने भूभाग तिब्बततिर परेको इतिहासकारहरुको भनाइ छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।