काठमाडौं– सरकारले कोरोना भाइरस नियन्त्रण तथा रोकथाका लागि जारी गरेको प्रोटोकलमा सार्वजनिक स्थानमा १५ जना भन्दा बढी भेला हुन प्रतिबन्ध लगाइएको छ। तर, ओखलढुंगाका सांसद यज्ञराज सुनुवारले भने सुनकोशी गाँउपालिका भूल्केमा प्रोटोकल तोडेका छन्।
उनले विना सुरक्षा सावधानी मानिसको भिड जम्मा गरेका हुन्। मास्क समेत नलगाइ ठूलो भिड जम्मा हुँदा कोरोनाको डर पैदा भएको स्थानीयले बताएका छन्। सुनुवार भुल्के मोलुङ एक्वार जोड्ने अनुगमन गर्न गएको कार्यक्रममा उनले रमिता देखाएका हुन्।
उक्त कार्यक्रममा सांसद सुनुवार एक्लै पुगेका थिए। तर, यो बाटो अनुगमनमा उनी बर्षमा २ पटक पुग्ने गरेका छन्। तर, स्थानीलाई आश्वसन मात्र दिएर फर्किने गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।