आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

ओली विरुद्ध झलनाथले खोले फायर, दिए यस्तो चेतावनी

ओली विरुद्ध झलनाथले खोले फायर, दिए यस्तो चेतावनी

  • मिडिया डबली
  • सोमवार, आषाढ ८ २०७७

  • 8.8K
    SHARES

  • ओली विरुद्ध झलनाथले खोले फायर, दिए यस्तो चेतावनी

    काठमाडौं– नेकपाका बरिष्ठ नेता पार्टी भित्र अध्यक्ष केपी शर्मा ओलीको एकलौटि नचल्ने बताएका छन्। अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संशोधन बिना पारित नहुने उनको भनाइ छ।

    पार्टीले एमसीसीको बारेमा अध्ययन अनुसन्धान गरेर संशोधन गरेर मात्र पारित गर्नुपर्ने अडान कायमै रहेको बताउदै उनले कसैको चाहनाले देशको हित विपरीतको सम्झौता पारित हुन नसक्ने बताएका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले त पारित गर्नुपर्छ भन्ने अडानमा हुनुहुन्छ नि भन्ने जिज्ञासामा वरिष्ठ नेता खनालले भने,‘प्रधानमन्त्री ओलीले भन्दैमा एमसीसी पारित हुँदैन, पार्टीले संशोधन नगरी पारित गर्न नहुने अडानमा अडिक छ।’

    एमसीसीको बारेमा हिजो बसेको सचिवालय बैठकमा कुनै छलफल नभएको बताउदै उनले असार १० गते बस्ने स्थायी समिति बैठकले एमसीसीको बारेमा निर्णय लिने बताए।

    ‘मेरो नेतृत्वमा बनेको कार्यदलले संशोधन विना एमसीसी पारित गर्न नहुने प्रतिवेदन सचिवालय बैठकमा बुझाएको छ, अध्ययन अनुसन्धान गरेर प्रतिवेदन दिएको हो, अहिलेकै अवस्थामा एमसीसी पारित गर्न मिल्दैन र हुँदैन’, नेता खनालले भने।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ ८ २०७७०९:५३:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend