चिनियाँ सेनाको दमनविरुद्ध तिब्बतमा विद्रोह सुरु भएको छ । सन् १९५० मा खाम्पा विद्रोहपछिको यो सबैभन्दा ठूलो विद्रोह भएको बताइएको छ । तिब्बतमा हाल इन्टरनेट सेवा अवरुद्ध गरिएको छ भने लासामा सैन्य दमन सुरु भएको छ ।
यस विषयमा चिनियाँ मिडियाहरुले केही बोलेका छैनन् भने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताहरुले आफ्नो दैनिक ब्रिफिङका क्रममा केही बौद्ध भिक्षुहरुले लासामा प्रदर्शन गरिरहेको स्वीकार गरेका थिए । तर, उनीहरुले अवस्थाको वास्तविक चित्रण नगरी विषयलाई हल्का रुपमा लिए भने उक्त आन्दोलन नियन्त्रणमा भएको संकेत गरे ।
सीआईएको लगानी रहेको रेडियो फ्रि एसियाले बेइजिङमा वैदेशिक कुटनीतिज्ञलाई र तिब्बतमा विदेशी पर्यटकलाई नियन्त्रणमा लिन थालिएको छ । चिनियाँ सेनाहरुले अहिलेसम्म म्यानमारमा जुन्ताले बौद्ध भिक्षु र विद्यार्थीहरुले आन्दोलन गर्न पूर्णरुपमा इन्टरनेट बन्द गरेजस्तो भने अवरुद्ध गर्न सकेका छैनन् ।
बौद्ध भिक्षुहरुले गरेको शान्तिपूर्ण आन्दोलनलाई निस्तेज पार्न प्रहरीलेसमेत लाठीचार्ज गर्नुका साथै अश्रु ग्यास प्रहार गरिरहेको छ ।
चिनियाँ अधिकारीहरुले तिब्बतमाजस्तै आन्दोलन सिन्जियानमासमेत हुने हो कि भन्ने विषयमा चिन्तित बनेका छन् ।एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।