काठमाडौं–सोमबार बिहान गण्डकी प्रदेशका २ जिल्लामा २० जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार स्याङजामा १२ जना र नवलपरासी पूर्वमा ८ जनामा संक्रमण पुष्टि भएको हो । स्याङजाका १२ जना संक्रमितमध्ये अर्जुनचौपारी गाउँपालिकाका १० जना र कालीगण्डकी गाउँपालिकाका २ जना रहेका छन् ।
यस्तै नवलपरासी पूर्वका ८ जना संक्रमित बौद्धिकाली गाउँपालिकाका रहेका छन् । यो सँगै गण्डकी प्रदेशमा संक्रमितको संख्या ५४० पुुगेको छ ।
संक्रमित सबैजना सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा रहेकाले सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।