दमौली– नेपाली कांग्रेसका नेता पूर्वमन्त्री शंकर भण्डारीले गृहजिल्लामा कोरोना संक्रमित बढेपछि स्वास्थ्य सामाग्री पठाएका छन्।
भण्डारीले गृहजिल्ला तनहुँमा आइतबार स्वास्थ्य सामग्री पठाएका हुन्। तनहुँमा पछिल्लो समय कोरोना संक्रमित थपिने क्रम जारी छ।
उनले एक हजार ८ सय थान मास्क, ६ सय थान पञ्जा, १० थान व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) र १० लिटर स्यानिटाइजर जिल्ला पठाए छन्।
यसअघि पजि उनले जिल्लाका १० वटै स्थानीय तहमा करिब तीन लाख बराबरको स्वास्थ्य सामग्री र एक लाख नगद उपलब्ध गराएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।