काठमाडौं - कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या २४ घण्टामा ४२१ पुगेको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित हुनेको संख्या ९ हजार २६ पुगेको छ ।
आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजि नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार ४२१ जना संक्रमित भेटिएका हुन् ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा ११ जना, विराटनगरको परीक्षणमा ४, जनकपुरको परीक्षणमा १२, नारायणीमा भएको परीक्षणमा १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुको परीक्षणमा १६६ जना, टेकु अस्पतालको परीक्षणमा ललितपुरकी एक महिलासहित ३ जनामा पोजेटिभ देखिएको छ ।
धुलिखेलको परीक्षणमा ४९ जना, पोखराको परीक्षणमा ३५ जना, सेतीको परीक्षणमा ६७ जना, सुर्खेतको परीक्षणमा ९ जना, राप्तीको परीक्षणमा ११ जना, भेरीको परीक्षणमा ७ जना र रुपन्देहीमा भएको नमूना परीक्षणमा २९ जनामा पोजेटिभ भेटिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।