आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बिहे गरेर आउनेवित्तिकै के अधिकार पाउनेछन् विदेशी महिलाले ? यस्तो छ नालीबेली !

बिहे गरेर आउनेवित्तिकै के अधिकार पाउनेछन् विदेशी महिलाले ? यस्तो छ नालीबेली !

  • मिडिया डबली
  • आइतवार, आषाढ ७ २०७७

  • 5.3K
    SHARES

  • बिहे गरेर आउनेवित्तिकै के अधिकार पाउनेछन् विदेशी महिलाले ? यस्तो छ नालीबेली !

    काठमाडौं - नेपाली पुरुषसँग विवाह गरेर आउने विदेशी महिलालाई सात वर्षसम्म राजनीतिक अधिकार प्राप्त नहुने भएको छ ।

    संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा प्रप्ताव भएको नागरिकतासम्बन्धी नयाँ प्रस्तावमा विदेशी महिलालाई स्थायी अनुमति पत्र दिइनेछ । अनुमति पत्रअनुसार आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार पाइनेछ ।

    ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नोपालको अंगीकृत नेपाली नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कामय भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको रहेछ भने निजले नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ’, प्रस्तावमा भनिएको छ ।

    ‘अंगीकृत नागरिकता प्राप्त गर्न चाहने विदेशी महिलाले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम भएको विवाह दर्ता प्रमाण पत्र तथा नेपालमा निरन्तर रुपमा स्थायी बसोबास गरेको सम्बन्धित वडा कार्यालयको सिफारिस र आफूले विदेशी नागरिकता वा सो सरहको राष्ट्रियता जनाउने कुनै प्रमाणपत्र नलिएको भए सोको प्रमाण तथा त्यस्तो नागरिकता वा प्रमाणपत्र लिएको भए परित्याग गर्ने कारबाही चलाएको प्रमाणपत्रसहित तोकिएको अधिकारी समक्ष निवेदन दिनुपर्नेछ’, प्रस्तावमा उल्लेख छ ।

    ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलालाई उपदफा १ बमोजिम नागरिकता नपाएसम्मको लागि आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी तोकिए बमोजिमको अधिकारीले स्थायी आवासीय अनुमति पत्रको नम्बर उल्लेख गरी देहायका अधिकार प्रयोग गर्न पाउनेछ’, प्रस्तावमा भनिएको छ ।

    ‘चल अचल सम्पत्ति आर्जन गर्न, भोग गर्न बेचविखन गर्न, व्यवसायिक लाभ प्राप्त गर्न र सम्पत्तिको अन्य कारोबार गर्न, पेशा र व्यवसाय सञ्चान गर्न, उद्योग, व्यापार तथा व्यवसायको स्थापना र सञ्चालन गर्न सकिनेछ’, प्रस्तावमा भनिएको छ ।

    ‘जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद, बसाइँ सराई जस्ता व्यक्तिगत घटना दर्ता गर्न, सेवाग्राहीको हैसियतले कानून बमोजिमका निकायबाट प्राप्त गर्ने सुविधा, छुट जस्ता सेवा उपयोग गर्न सकिनेछ’, प्रस्तावमा भनिएको छ, ‘कुनै पनि शैक्षिक संस्थामा अध्ययन गर्न, प्रमाण पत्र प्राप्त गर्न र अन्य आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्राप्त गर्न, राष्ट्रिय परिचयपत्र प्राप्त गर्न सकिनेछ ।’

    ‘यस उपदफा बमोजिम प्राप्त गरेको स्थायी आवासीय अनुमति पत्र यस ऐन बमोजिम अंगीकृति नागरिकता प्राप्त भए पश्चात स्वतः खारेज हुनेछ’, प्रस्तावमा भनिएको छ ।

    नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले विदेशी महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रस्तावको विरोध गरेका छन् ।

    उनीहरूले बिहे गरेर आउनेवित्तिकै विदेशी महिलालाई अंगीकृत नागरिकता दिनुपर्ने अडान राख्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ ७ २०७७०४:४१:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend