आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारत–चीन विवादबारे बोले ट्रम्प, गरे सहयोगको घोषणा

भारत–चीन विवादबारे बोले ट्रम्प, गरे सहयोगको घोषणा

  • मिडिया डबली
  • आइतवार, आषाढ ७ २०७७

  • 9.8K
    SHARES

  • भारत–चीन विवादबारे बोले ट्रम्प, गरे सहयोगको घोषणा

    काठमाडौं–अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारत र चीनबीच जारी तनावका बारेमा टिप्प्णी गरेका छन्। उनले तनावमाथि निगरानी राख्दै मद्दतको प्रस्ताव पेश गरेका छन् ।

    अमेरिकाले भारत र चीनबीच कुराकानी गरिरहेको ट्रम्पले बताएका छन् ।

    राष्ट्रपति ट्रम्पले ह्वाइट हाउस बाहिर पत्रकारसँग भने, ‘यो निकै मुश्किल परिस्थिती हो । हामी भारतसँग कुरा गरिरहेका छौं । हामी चीनसँग पनि कुरा गरिरहेका छौं । त्यहाँ यी दुई देशबीच ठूलो समस्या छ । दुबै एकअर्काको आमने–सामने भएका छन् र अब के होला भनेर हामीले हेरिरहेका छौं । हामी उनीहरुलाई मद्दत गर्ने कोसिस गरिरहेका छौं ।’


    १५–१६ जूनको राती गलवान घाटीमा भारत र चीनबीच भएको हिंस्रक संघर्षमा भारतका कमान्डिङ अधिकारीसमेत २० सैनिक मारिएका थिए । चीनका पनि थुप्रै सैनिक हताहत भएको खबर छ तर चीनले आधिकारिक आँकडा जारी गरेको छैन ।

    भारत र चीनबीच वर्तमान तनावलाई मध्यनजर गर्दै अमेरिकी राष्ट्रपतिले गत महिना सोसल मिडियामा उनी भारत र चीनबीच मध्यस्थता गर्न तयार भएको बताएका थिए ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ ७ २०७७०९:३५:२१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend