काठमाडौं–भारतले लद्दाखको गलवान क्षेत्रमा भारत–चीनबीच भएको हिंसात्मक सैन्य झडपमा आफ्ना भन्दा धेरै चिनियाँ सेना मारिएको बताएको छ।
भारतका एक जना केन्द्रीय मन्त्री जनरल भिके सिंहले चीनतर्फ ४० जना सैनिकको मृत्यु भएको दाबी गरेका छन्।
‘यदि हामीले २० जना सैनिक गुमायौं भने उनीहरू (चीन) तर्फ दुई गुणाभन्दा बढी मारिए’, उनले भनेका छन्, ‘चीनले नम्बर लुकाउँछ, सन् १९६२ को युद्धमा पनि हताहतीको संख्या स्वीकार गरेको थिएन।’
भारत–चीन सीमा विवाद चर्किंदै जाँदा गलवान क्षेत्रमा गत सोमबार भएको हिंसात्मक सैन्य भिडन्तमा मारिने सैनिकको संख्यामा फरक फरक दाबी आइरहे पनि भारतको केन्द्र सरकारको तर्फबाट चीनतिर भएको क्षतिबारे कुनै प्रतिक्रिया आएको थिएन।
भारततर्फ २० सैनिक मारिएको सार्वजनिक भएपनि चीनतर्फ कति मारिए भन्ने खुलेको छैन। चीनतर्फ पनि सेना मारिएको आशंका गरिएपनि चीनले यसबारे केही बताइरहेको छैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।