काठमाडौं– जंगी अड्डामा जारी नेपाली सेनाका पृतनापतिहरूको भेलामा मुलुकको पछिल्लो वस्तुस्थितिको मिहिन ढंगले अध्ययन गरिएको छ । लकडाउनको समय पनि भारतलगायत अन्य मुलुकबाट नेपालीको ओइरो लाग्ने क्रम नथामिएको कारण कोरोना संक्रमितको संख्या पचास हजार नाघ्ने हिसाब निकालिएको हो ।
उक्त संख्या यसअघि सरकारले र सुरक्षा निकायले अनुमान गरेभन्दा धेरै गुणा बढी हो । बढ्दो संक्रमित संख्यालाई ध्यानमा राखेर आवश्यक सुरक्षा उपाय अवलम्बन गर्न र सरकारलाई कसरी थप सहयोग गर्न सकिन्छ भन्नेसम्बन्धमा भेलामा गहन छलफल भएको बताइएको छ ।
उता,सेनाको हवाई सेवा महानिर्देशनालयमा रिक्त दुईवटा कर्नेल पदको दरबन्दी पूर्ति गर्ने क्रममा राम्रालाई भन्दा हाम्रालाई काखी च्याप्न लागिएको बताइन्छ । योग्यता र रोलक्रमको हिसाबले एक नम्बरमा रहेका रविन्द्र बस्नेतलाई विनाआधार,प्रमाण,सफाई अथवा कारबाहीको कुनैपनि प्रक्रियालाई वा टुंगोमा नपुर्याई धेरै पछाडिका उम्मेदवारलाई अघि सारिएको छ । स्रोतका अनुसार प्रधानसेनापतिको गाउँले निकट नातेदार हेलिकोप्टर पाइलट सुभाष थापालाई फुल कर्नेलमा बढुवा गर्न चाँजोपाँजो मिलाएर एक नम्बरमा रहेका बस्नेतलाई पाताल पुर्याइएको छ ।
रोलक्रमको दुई नम्बरमा रहेका प्रशान्त पाण्डेलाई पनि अँचेटेर त्योभन्दा पछाडि रहेका सुभाषलाई अघि बढाइएको हो । सेनामा बेलाबेलामा हुने यस्ता अँचेट्ने र घचेट्ने कामकारबाहीले ‘मकै पिँध्दा घुनपनि पिसिने’ यथार्थ चरितार्थ हुने गरेको गुनासो छ । जनआस्था साप्ताहिक
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।