आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारत-चीनबीच बहु-स्तरीय सैन्य बैठक, मुठभेडबाट पछि हट्यो चीन

भारत-चीनबीच बहु-स्तरीय सैन्य बैठक, मुठभेडबाट पछि हट्यो चीन

  • मिडिया डबली
  • शनिवार, आषाढ ६ २०७७

  • 5.9K
    SHARES

  • भारत-चीनबीच बहु-स्तरीय सैन्य बैठक, मुठभेडबाट पछि हट्यो चीन

    बेइजिङ - भारत-चीनबीचको सीमा विवाद चुलिएका बेला दुबै पक्षका सेनाबीच समस्या समाधानका लागि बहु-स्तरीय सैन्य बैठक सम्पन्‍न भएको छ । स्थितिलाई नियन्त्रणका लिन, उच्चस्तरीय सहमति कार्यान्वयनलाई प्रबर्द्धन गर्न र फ्रन्टलाइनमा मतभेदहरुलाई नियन्त्रणा राख्‍न उक्त बहुस्तरीय सीमा सैन्य वार्ता भएका छन् ।

    सीमा क्षेत्रको अहिलेको अवस्था स्थिर र नियन्त्रणमा रहेको जनाइएको छ। दुबै पक्षले समस्या समाधानका लागि कमाण्डरस्तरमा समेत बैठक गरेका थिए । दुबै पक्षबीच सैन्य र कुटनीतिक संयन्त्रमार्फत वार्ताहरु अघि बढिरहेका छन् ।

    विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकहरु चीन र भारतले आन्तरिक विकासलाई अघि बढाउनुका साथै कोरोना भाइरसको चुनौतीलाई सामना गर्नुपर्नेछ ।

    भारतीय सञ्‍चारमाध्यमका अनुसार दुबै पक्ष मुठभेडबाट पछि हटेका छन् । चीनले भारतीय भूमिका कब्जा गरेपछि उक्त विवाद चर्किएको हो । भारतले आफ्नो सार्वभौम भूभागको रक्षाका लागि सक्षम भएको र भारतलाई कमजोर नआँक्न चीनलाई आग्रह गरेको छ ।

    यसअघि जून १५-१६ मा भारत र चीनबीच लद्दाखको गलवान भ्यालीमा हिंसात्मक झडप भएको थियो । भारततर्फका २० भारतीय सेनाको मृत्यु भएको थियो भने चीनले भने आफ्नो तर्फ भएको मानवीय क्षतिको विवरण सार्वजनिक गरेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ ६ २०७७०१:४७:५३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend