चीन र अस्ट्रेलियाबीचको सम्बन्ध कहिले पनि समधुर हुन सकेन । पछिल्लो ६ महिनामा चीन र अस्ट्रेलियाको विवाद सार्वजनिक भएको छ ।
अस्ट्रेलियाले नोभेल कोरोना भाइरसको उत्पत्तीका बारेमा स्वतन्त्र छानबिन गर्न माग गरेको छ । तर, चीनले भने आर्थिक विसंगती उत्पन्न गराउने, अस्ट्रेलियन जौमा कर बढाउने र चार मुख्य अस्ट्रेलियन निर्यातकर्तामार्फत बिफको निर्यातमा प्रतिबन्ध लगाउने धम्की दिएको छ ।
कोरोना महामारीका कारण एसियनहरुमाथि जातीय आक्रमण बढेको भन्दै चिनियाँ विद्यार्थीहरु र यात्रुहरुले अस्ट्रेलिया छोड्न थालेपछि चीनले यस्तो धम्की दिएको थियो ।
पछिल्लो अध्ययनले अस्ट्रेलियामा जातीय विभेदका कारण दुर्व्यवहार, शारीरिक यातना र धरपकडहरु बढेको तथ्य सार्वजनिक गरेको थियो ।
अस्ट्रेलिया र चीनबीच वाक युद्ध चलिरहेका बेला भारत-चीनका सेनाबीच पनि हिमालय क्षेत्र लद्दाखमा तनाव सिर्जना भएको छ ।
सामान्य घटनाहरु भइरहे पनि पछिल्लो केही दिनयता भारत-चीनबीचका सेनाबीच हिंसात्मक झडप हुँदै दुबैतर्फका सेनामा क्षति पुगेको छ भने केही घाइतेसमेत भएका छन् । भारतले उक्त क्षेत्रमा आफ्नो भूमिको सुरक्षाका लागि हजारौं सेना परिचालन गरेको छ ।
चीनले आफ्ना छिमेकीसँगको सम्बन्धलाई धक्का दिएर क्षेत्रीय सहकार्यको अवधारणालाई बेवास्ता गरिरहेका बेला गत साता भारत-अस्ट्रेलियाबीच 'बृहत रणनीतिक साझेदारी' गर्ने सहमति भएको छ । दुबै मुलुकबीच इन्डो-प्यासिफिक क्षेत्रमा मेरिटाइम 'को-अपरेसनका लागि साझा विचार' राख्ने संयुक्त घोषणापत्र जारी गरेका थिए । एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।