तिब्बत स्वायत्त क्षेत्रका उपाध्यक्ष डोजी सेजु नेतृत्वको अनुसन्धान टोलीले ११ जूनमा लासा सहरको दुलोङदेछिङ जिल्लास्थित सियाङसिओङ सांस्कृतिक पर्यटन क्षेत्रमा भइरहेको पर्यटन संरचना र सहयोगी परियोजनाको निर्माण कार्यको अनुगमन गरेका छन् ।
उनले उक्त क्षेत्रको औद्योगिक ले-आउट, सञ्चालन प्रबर्द्धन र पर्यटकको स्वागतका बारेमा पनि बुझेका थिए ।
अनुसन्धान टोली इक्वेस्ट्रियन पर्मिङ आर्ट सेन्टर, लिंका जिल्ला, वानमु फ्लावर सी, हट स्प्रिङ रिसोर्ट होटेल, थिम प्लेग्राउन्ड र अन्य क्षेत्रमा पुगेर कार्य प्रगति विवरणबारे गहन जानकारी लिएको थियो ।
अनुसन्धान टोलीले पार्टी समिति र स्वायत्त क्षेत्रको सरकारले पर्यटन र सांस्कृतिक उद्योगको विकासमा ठूलो महत्त्व दिएको जानकारी गराएका थिए । सियाङसिओङ मेइडो वेनयु सहर पर्यटन संसाधन सम्पन्न भएको र विकासको ठूलो सम्भावना भएको बताइएको थयो ।
अनुसन्धान टोलीले प्राकृतिक दृश्य पूर्वाधार निर्माण र सहयोगी परियोजनाहरूको निर्माण बढाउन, वैज्ञानिक र यथार्थपरक प्रारुपको योजना बनाउन, सेवाहरूको गुणस्तरमा बृहत्तर सुधार गर्न, उच्च-मापदण्ड र उच्चस्तरीयको सांस्कृतिक पर्यटन सांस्कृतिक परियोजनाहरू सिर्जना गर्न र यो सहर तिब्बतमै आकर्षक स्थान बनाउने प्रयासमा जोड दिन सम्बन्धित विभागलाई आग्रह गरेको छ ।
दृढ शक्ति, प्रतिस्पर्धा र प्रतिष्ठाका साथ दर्शनीय ठाउँहरूले तिब्बतको पर्यटन अर्थलाई समृद्ध तुल्याउने र यस क्षेत्रमा सांस्कृतिक पर्यटन उद्योगको उच्च-गुणस्तरको विकासलाई प्रोत्साहित गर्ने उनले बताएका थिए । एजेन्सी
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।