आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुडानलाई उछिन्दै नेपाल खराब मुलुकको ६८ औं स्थानमा, मलेसिया र नर्वेलाई पच्छाउँदै

सुडानलाई उछिन्दै नेपाल खराब मुलुकको ६८ औं स्थानमा, मलेसिया र नर्वेलाई पच्छाउँदै

  • मिडिया डबली
  • शनिवार, आषाढ ६ २०७७

  • 8.6K
    SHARES

  • सुडानलाई उछिन्दै नेपाल खराब मुलुकको ६८ औं स्थानमा, मलेसिया र नर्वेलाई पच्छाउँदै

    काठमाडौं– कोरोना भाइरसको संक्रमणका कारण खराब मुलुकको सूचीमा नेपालले सुडानलाई पछि पारेको छ। हिजो साँझ ४ सय २६ नयाँ संक्रमित थपिएपछि नेपालले सुडानलाई खराब मुलुकहरुको सूचीमा एक कदम पछि पारेको हो।

    हिजो थपिएका संक्रमितसँगै नेपालमा ८ हजार २ सय ७४ जनामा कोभिड १९ देखिएको छ। सुडानमा संक्रमितको संख्या ८ हजार २० रहेको छ। बिहीवार थपिएका संक्रमितको संख्याले नेपालले अस्ट्रेलियालाई पछि पारेको थियो।

    खराब मुलुकको सूचीमा नेपाल अहिले ६८ औं स्थानमा छ। अस्ट्रेलिया ७० ‍औं स्थानमा छ जहाँ संक्रमितको नयाँ संख्या बढ्ने रफ्तार न्युन हुँदैछ।

    आज नेपालले मलेसिया र नर्वेलाई पछ्याइरहेको छ। संक्रमितको संख्यामा नेपाल मलेसियासँग २ सय र नर्वेसँग ४ सयको अन्तरले पछाडि छ। आज थपिने संक्रमितको संख्याले नेपालले खराबतिरको यात्रामा कति छलाङ मार्छ अहिले भन्न सकिन्न। मलेसियामा संक्रमितको संख्या ८ हजार ५ सय ३५ रहेको छ भने नर्वेमा यो संख्या ८ हजार ७ सय ८ छ। दुवै मुलुकमा थपिने संक्रमितको संख्याको दर नेपालभन्दा कम रहेकाले यी दुवै मुलुकलाई छिटै नेपालले उछिन्ने निश्चित छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ ६ २०७७१०:१६:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend