आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जनता १५ जना भन्दा धेरै मलामी जान नपाउने, चिनियाँ कम्युनिस्ट पार्टीसँग भिडियो कन्फ्रेन्समा सय जना?

जनता १५ जना भन्दा धेरै मलामी जान नपाउने, चिनियाँ कम्युनिस्ट पार्टीसँग भिडियो कन्फ्रेन्समा सय जना?

  • मिडिया डबली
  • शनिवार, आषाढ ६ २०७७

  • 7.2K
    SHARES

  • जनता १५ जना भन्दा धेरै मलामी जान नपाउने, चिनियाँ कम्युनिस्ट पार्टीसँग भिडियो कन्फ्रेन्समा सय जना?

    काठमाडौंः विवाह र मृत्यु संस्कारमा १५ जना भन्दा बढी भेला हुन नदिने निर्णय गरेको सरकारले आफ्नो दलको ‘बेमौसमी’ प्रशिक्षण कार्यक्रम झण्डै सय जना भेला गरेर सम्पन्न गरेको छ।

    शुक्रबार सत्तारुढ नेकपाको स्कुल विभागले चिनियाँ कम्युनिष्ट पार्टीसँग गरेको वोेयभनर प्रशिक्षण कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाल, स्कुल विभाग प्रमुख एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित सय जनाको जमघट गराएको थियो।

    विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण आशिंक लकडाउन जारी राख्दै सरकारले १५ जनाभन्दा बढी मानिसह भेला हुने सबै कार्यक्रम बन्द गराएको छ।

    मानिसको मृत्यु पछि गरिने दाहासंस्कारमा समेत १५ जनाभन्दा बढी मलामी जान नपाउने नियम बनाएको छ । तर भारतीय र चिनियाँ सेनाबीच लद्दाखमा भिडन्त भएर विवाद सृजना भइरहेका बेला असंलग्न परराष्ट्र नीति विपरित नेकपाले एक छिमेकीतिर ढल्किएको संन्देश दिनेगरी प्रशिक्षण कार्यक्रम सम्पनन गरेको छ।

    केही कूटनीतिज्ञहरुले कोरोनाको रोकथानमा केन्द्रीत हुनुपर्ने बेला उपप्रधानमन्त्रीसमेत सहभागी भएर चिनियाँ कम्युनिष्ट पार्टीको प्रशिक्षण लिनु त्रुटीपूर्ण कार्य भएको टिप्पणी गरेका छन्। ‘हाम्रा लागि भारत र चीन दुवै समान छिमेकी मित्र राष्ट्र हुन्’ जापानका लागि पूर्वराजदूतसमेत भइसकेको एक कूटनीतिज्ञले भने, ‘भारत र चीनबीच तनाव भइरहेका बेला चिनियाँ कम्युनिष्ट पार्टीसँग प्रशिक्षण लिने कार्यक्रम आयोजना गर्नु मुलुकले अंगिकार गरेको असंलग्न परराष्ट्र नीति विपरित बेमौसमी र अपरिपक्क काम हो । सत्तारुढ दलको अहिलेको प्राथमिकता कोरोना नियन्त्रणमै हुनपर्छ ।’

    एकातिर कोरोनाको कहरका बेला मानिस जम्मा भएर हुने कार्यक्रमनै प्रतिवन्ध भएको र अर्कोतिर दुई छिमेकीबीच देखिएको मतभेदमा एउटाको पक्ष लिनेगरी कार्यक्रम हुनु गलत भएको भन्दै सामाजिक संजालमा पनि केहीले विरोध जनाएका छन्।

    जबकी कोरोनालाई नै देखाएर २० जना सदस्यहरुले लिखित माग गर्दा पनि नेकपाको स्थायी समिति बैठक बस्न सकेको छैन।

    चिनियाँ कम्युनिष्ट पार्टीसँगको भिडियो कन्फ्रेन्सका क्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले एक चीन नीतिमा नेपाल अडिग रहेको र सुरक्षा स्वार्थ जोडिएका वैदेशिक सहयोग नलिने बताए। तर, नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र हुँदै मासरोवर जोड्ने सडक निर्माणका लागि चीनले भारतसँग २०७२ मा सम्झौता गरेको विषय उठान गर्न आवश्यक ठानेनन्।

    सत्तारुढ नेकपाको यो कार्यक्रमले विदेश नीतिमा वर्तमान सरकार विचलित भएको हो की भन्ने विश्लेषण हुन थालेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ ६ २०७७०९:४०:३६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend