काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिबालय बैठक शनिवार बिहान बस्दैछ। नागरिकता विधेयक र अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का विषयमा छलफल बैठक बोलाइएको हो।
बैठक बिहान ९ बजेबाट सुरु भएको छ। नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने नागरिकता विधेयकमा छलफल गरेर पार्टीबाट निर्णय गराउन सचिवालय बैठक बस्न लागेको जानकारी दिए।
प्रधानमन्त्री ओली संसदबाट एमसीसी पारित गर्ने पक्षमा छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कार्यदलको सुझावअनुसार अगाडि बढ्नुपर्ने अडानमा छन्। कार्यदलले बनाएको प्रतिवेदनबारे स्थायी समितिमा छलफल गरिनुपर्ने अडानमा प्रचण्डलगायतका नेता छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।