आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

यसरी ओलीलाई घेराबन्दीमा पार्दैछन् प्रचण्डले ओलीलाई, बालुवाटारमा खैलाबैला

यसरी ओलीलाई घेराबन्दीमा पार्दैछन् प्रचण्डले ओलीलाई, बालुवाटारमा खैलाबैला

  • मिडिया डबली
  • शनिवार, आषाढ ६ २०७७

  • 6.4K
    SHARES

  • यसरी ओलीलाई घेराबन्दीमा पार्दैछन् प्रचण्डले ओलीलाई, बालुवाटारमा खैलाबैला

    काठमाडौं– सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली माथि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घेराबन्दी गर्न थालेका छन्। दुई अध्यक्षको शक्ति संघर्ष जारी छ भने विवाद समेत उत्कर्षमा पुग्न थालेको छ।

    पछिल्लो समय प्रचण्डलाई सरकार वा पार्टी प्रमुखबाट हटाउन प्रचण्डले वामदेव गौतम कार्ड प्रयोग गर्न थालेका छन्। यस्तै रामबहादुर थापा बादल पनि प्रचण्डको समूहमै फर्किएका छन् । ओली कमजोर अवस्थामा छन् ।

    यही बेला प्रधानमन्त्री ओलीलाई विवादास्पद अमेरिकन सहयोग मिलिनियम चाइलेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता सदनबाट पारित गर्नुछ । यही मौकामा मौन बसेका प्रचण्डले ओलीलाई गाल्न सकिने गरी रणनीति लिएका छन् ।

    गत शनिबार साँझ शीतल निवासमा ओली र प्रचण्डबीच जम्काभेट भो । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रचण्डबीच छलफल भइरहेका बेला प्रधानमन्त्री ओली पुगे । राजनीतिक विषयमा परामर्श भइरहँदा प्रधानमन्त्री पुगेपछि सरकारको विषयमा प्रचण्डले तीव्र असन्तुष्टि पोखेको स्रोतले बताएको छ । कतिसम्म भने प्रचण्डले पार्टी एकता हुँदा पाँच वर्षमध्ये आधा आधा कार्यकाल प्रधानमन्त्री चलाउने सहमति भएको हो कि होइन ? भनेर ओलीलाई प्रश्न गरेका थिए । प्रचण्डको प्रश्नको ओलीले जवाफ दिन नसकेको बताइएको छ ।

    प्रचण्डले ओलीले पार्टी र सरकार दुवै चलाउन नसकेको धारणा राखेपछि प्रधानमन्त्री रक्षात्मक अवस्थामा पुगेको बताइन्छ ।

    ओलीसँग प्रचण्डले आफ्ना असन्तुष्टि राख्दा राष्ट्रपति भण्डारी भने मौन बसेको बताइन्छ । तीन नेताबीच करिब डेढ घन्टा छलफल भएको थियो । बजेट बनाउँदा सामान्य छलफलसमेत नगरेको भन्दै एउटै पार्टीको सरकार हुनुको संकेत नभएको भन्दै उनले प्रधानमन्त्रीसँग असन्तुष्टि जनाएको बताइन्छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, आषाढ ६ २०७७०९:१७:५७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend