आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

उदांगाे भयाे नेकपाकाे चीन परस्त अनुहार, कांग्रेस नेता खतिवडाले दिए दनक !

उदांगाे भयाे नेकपाकाे चीन परस्त अनुहार, कांग्रेस नेता खतिवडाले दिए दनक !

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ५ २०७७

  • 14.6K
    SHARES

  • उदांगाे भयाे नेकपाकाे चीन परस्त अनुहार, कांग्रेस नेता खतिवडाले दिए दनक !

    काठमाडौं - नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले नेकपा र चिनियाँ कम्युनिस्ट पार्टीबीचको भिडियो कन्फ्रेन्स भएको विषयप्रति आपत्ति जनाएका छन्।

    उनले कम्युनिस्टहरूबाट राष्ट्रियता र लोकतन्त्रमाथि नै खतरा बढेको टिप्पणी गरेका हुन्। नेपाल र चीनका दुई कम्युनिस्ट पार्टीबीच शुक्रबार भिडियो कन्फ्रेन्स मार्फत ‘पार्टी र देशलाई परचालन गर्ने अनुभव आदान–प्रदान गर्न चीन र नेपालका सत्तारुढ पार्टीका उच्च पदाधिकारीबीच गोष्ठि उद्घाटन समारोह’को आलोचना गरेका हुन्।

    खतिवडाले यस्ता गतिविधी गरेर नेकपाले मुलुकमा चिनियाँ हस्तक्षेप बढाएको आरोप लगाए । उनले नेकपाले संविधानको प्रस्तावना र जनताले लेखेको संविधानको भावना विपरित चिनियाँ कम्युनिस्ट पार्टीका गतिविधिहरूमा संलग्न भएको बताए ।

    खतिवडाले कम्युनिस्टहरूको गलत नीतिका कारण बिगतमा प्रजातन्त्र नै खतरामा परेको भन्दै कम्युनिस्टहरू राष्ट्रवादी हुन सक्दैनन् भन्ने उनीहरूका गतिविधिबाट पुष्टि हुँदै आएको बताए ।

    ‘नेपालमा अभिव्यक्ति स्वतन्त्रता छ, प्रेस स्वतन्त्रता छ, आवधिक निर्वाचन हुन्छ, बहुदलीय प्रतिस्पधा छ’, खतिवडाले प्रश्न गर्दै भनेका छन्, ‘चीनमा तानाशाही निरंकुशत शासन व्यवस्था छ ।

    त्यो व्यवस्था नेकपामार्फत चीनले लागू गर्न खोज्नु अत्यन्तै आपत्तिजनक र संविधान विपरित छ ।’ कांग्रेसका युवा नेता खतिवडाले नेकपालाई जनताले विश्वास गरेर झण्डै दुईतिहाइको बहुमत दिएको कुरालाई नेकपाले गलत रुपमा प्रयोग गरिरहेको बताए ।

    उनले नेकपाका नेताहरूलाई सुध्रिन चेतावनी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend