काठमाडौं– भारतमा चीनका सामान बहिस्कार गर्ने अभियान सुरु भएको छ। जुन १५ र १६ तारिखमा लदाखको गाल्वान उपत्यकामा भारतीय सेना र चिन सेना बीचमा भिडन्तमा भारतीय सेना माथि आक्रमण गरिएको भन्दै अभियान सुरु भएको हो।
चिनले भारतीय भूमिमा छिरेर भारतीय सेनामाथी आक्रमण गरेको भन्दै भारतमा अहिले चिन विरुद्दको अभियान सुरु भएको छ । उक्त भिडन्तमा २० भारतीय सेनाको मृत्यु भएसंगै भारतीयहरुले अहिले चिनको सामानहरुलाइ बहिष्कार गर्ने अभियान सुरु गरेका छन् ।
भारतका विभिन्न छेत्रमा यो अभियान तिब्र रुपमा अघि बढाइरहेका छन् । यहि क्रममा अहिले सामाजिक संजालमा एउटा भिडियो भाइरल बनिरहेको छ जहाँ एक व्यक्तिले घरबाट ‘मेड ईन चाईना’ लेखेको टिभी फ्याँकेका छन् ।
यो घटना गुजरातको सूरत भन्ने ठाउँको हो जहाँ एक सोसाइटीका सदस्यहरु मिलेर चाईनामा बनेका सबै सामाग्रीहरु बहिष्कार गरेका छन् ।
यहि अभियानका क्रममा चाईनामा बनेको एलईडी टिभी एक तल्ला माथीबाट फ्याँकेर फोडेका छन् । टिभीमा सोसाईटीका अन्य सदस्यहरुले समेत खुट्टाले हान्दै फोडेका छन् ।
उक्त भिडियो अहिले सामाजिक संजालमा भाइरल बनिरहेको छ । चिनियाँ सामाग्रीको बहिष्कार गर्ने अभियानका रुपमा अहिले यो भिडियो सेयर गरिरहेको पाईएको छ ।
સુરતના વરાછામાં ચાઈના સામે આવો વિરોધ....???
— Hasmit Kamani (@HasmitKamani) June 17, 2020
??????????????
#BoycottChineseProducts #China #BoycottChineseProduct #JayHind #IndianArmyZindabad #Surat #galwanvalleyclash pic.twitter.com/h9uP7BDge5
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।