काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओली अहिले निकै आलोचित छन्। पछिल्लो समय उनले दिएका अभिव्यक्ति आलोचनाका केन्द्रमा छन्। यही क्रममा उनले विहिबार विश्वभरका बैज्ञानिकलाई चक्मा दिँदै कोरोना भाइरस नियन्त्रण गरिने दिनको भविष्यवाणी गरे। ‘असोज कात्तिकसम्म कोरोनाको पारो तल झर्छ। माघमा नियन्त्रण हुन्छ र फागुनमा सम्भवत कोरोना मुक्त भइन्छ,’ उनले भने, ‘अहिले संक्रमितको संख्या बढेपनि साउनसम्म नियन्त्रण गर्न सकिन्छ। किनकी भारतबाट आउने मानिसहरुको संख्या घटेको छ।’
यस्तै उनले कोरोना भाइरस रुघाखोको जस्तो भएकाले तातो पानि खाने र हाँच्छ्यु गरेर उडाइदिनुर्पे बताएका थिए।
यती मात्रै होइन, उनले दिएको बेसार सम्बन्धि टिप्स समेत अहिले चर्चामा छ। उनले नेपालीहरुको इम्युनिटी पावर उच्च रहेको बताउँदै अदुवा, लसुन, बेसारमा औषधिय गुण रहेको बताए। बेसा गर्भवती महिला, रक्तअल्पता भएका मानिस, जन्डिस भएका व्यक्ति र अप्रेसन गर्नु अघि खान नहुने बताएका थिए। तर, विज्ञहरुले ओलीको भनाइमा सत्यता नरहेको बताएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।