आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

स्वास्थ्य मन्त्रालयले लुकायो कोरोना सम्बन्धित महत्वपूर्ण तथ्यांक, देशैभर खैलाबैला

स्वास्थ्य मन्त्रालयले लुकायो कोरोना सम्बन्धित महत्वपूर्ण तथ्यांक, देशैभर खैलाबैला

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ५ २०७७

  • 35.1K
    SHARES

  • स्वास्थ्य मन्त्रालयले लुकायो कोरोना सम्बन्धित महत्वपूर्ण तथ्यांक, देशैभर खैलाबैला

    काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट निको हुने १ हजार ७१ जनाको तथ्यांक लुकाएको देखिएको छ। सात प्रदेशका सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको तथ्यांक केलाउँदा डिस्चार्ज हुनेको तथ्यांक १ हजार ७१ ले फरक देखिएको छ।

    सातै प्रदेशका सामाजिक विकास मन्त्रालयहरुको तथ्यांक जोड्दा हालसम्म २ हजार २ सय ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएको देखिन्छ। तर, स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भने १ हजार १ सय ८६ जना मात्रै डिस्चार्ज भएको उल्लेख छ।

    केही समय यता नेपालमा कोरोना संक्रमण तिव्ररुपमा बढिरहेको छ। हालसम्म ७४ जिल्लामा ७ हजार ८४८ जना संक्रमित भेटिएका छन्। जसमध्ये २२ जनाको निधन भइसकेको छ।

    हेर्नुहोस् डिस्चार्ज हुनेको तथ्यांक

    प्रदेश १ः२२४ जना
    प्रदेश २ः ६८३ जना
    वागमती प्रदेशः ५० जना
    गण्डकी प्रदेशः २२ जना
    प्रदेश ५ः ७४४ जना
    कर्णाली प्रदेशः ५०४ जना
    सुदरपश्चिम प्रदेशः ३० जना
    जम्माः २२५७ जना
    स्रोतः सात प्रदेशका सामाजिक विकास मन्त्रालय

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ ५ २०७७०९:४६:१७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend