आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेकपामा भित्रभित्रै युद्धको तयारी, ओलीलाई आपत!

नेकपामा भित्रभित्रै युद्धको तयारी, ओलीलाई आपत!

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ५ २०७७

  • 8.1K
    SHARES

  • नेकपामा भित्रभित्रै युद्धको तयारी, ओलीलाई आपत!

    काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा भित्रभित्रै विवाद चर्किएको छ। बाहिर साम्य जस्तो देखिएपछि नेकपाभित्र ठूलै युद्ध चर्किने देखिएको हो। गत बैशाख ीवैशाख महिनाभर सत्तारुढ नेकपाभित्र चर्किएको विवाद जेठ लागेपछि सामसुमजस्तै भएको थियो।
    तर, फेरी विवाद उत्कर्षमा पुग्ने देखिएको छ।

    वैशाखदेखि नै असन्तुष्ट नेताहरुले एमसीसी, स्थायी समिति बैठक, मन्त्रीमण्डल पुनर्गठन, नक्सा संशोधन, बजेट, विभिन्न स्थानमा गरिएको नियुक्ति र प्रदेशदेखि कार्यविभाजनको विषयहरुलाई विभिन्न ठाउँमा उठाउँदै आएका छन्। अब बस्ने बैठकमा यी विषय चर्को रुपमा उठ्नेछन्।


    एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा पार्टीभित्र एकमत बन्न सकेको छैन। सचिवालयमै सहमति जुट्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले २ पटक बैठक नै स्थगित गराएका छन्। अब उनी यो विषयमा स्थायी समितिको बैठकमा छलफल चलाउने योजनामा छन्। स्थायी समिति बैठक असार १० गते बोलाइएको छ।
    एमसीसीलाई परिमार्जन नगरी पास गर्न नहुनेमा नेकपाभित्र बलियो मत छ। खनाल, स्थायी समिति सदस्य भीम रावल लगायतका नेता यसलाई परिमार्जन नगरी पारित गर्नै नहुने अडानमा छन्।

    प्रधानमन्त्री ओलीलाई मन्त्रिमण्डल पुनर्गठन गर्नुपर्ने दबाब छ। उनले यसअघि प्रतिबद्धता जनाउँदै आएको र केही मन्त्रीहरुको कार्यकाल पनि २ वर्ष पुगेकोले मन्त्री हेरफेरको विषय पार्टीभित्र चर्किनेछ। प्रदेश सरकारको हकमा समेत मन्त्री फेर्ने आवाज उठेको छ।

    प्रधानमन्त्री ओलीले महत्वपूर्ण नियुक्तिहरु गर्दा पार्टीभित्र परामर्श नगरेको भनी नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गर्ने गरेका थिए।

    त्यसपछि सचिवालय बैठकमा ओलीले पार्टीमा सल्लाह गरेरै नियुक्ति गर्ने प्रतिवद्धता जनाएका थिए। तर, उनले आफूप्रति बफादार व्यक्तिलाई मात्र नियुक्ति गराएका छन्।

    रेल्वे कम्पनीका महाप्रबन्धकमा आफूप्रति वफादार गुरु भट्टराई र आईओएमको डिनमा आफ्नै निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहलाई नियुक्त गरेपछि उनी फेरि विवादमा तानिएका छन्। धेरै जना वरिष्ठलाई पन्छाएर डा.शाहलाई नियुक्त गरेको भन्दै स्वास्थ्य क्षेत्रका विज्ञहरुले आलोचना गरेका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ ५ २०७७०९:३४:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend