काठमाडौं – युद्ध रोक्न र शान्तिलाई विस्तार गर्न माग गर्दै मानवअधिकार शान्ति समाजका अधिकारकर्मीहरूले काठमाडौंस्थित भारतीय र चिनियाँ राजदूतावास अगाडि धर्ना दिएका छन् ।
भारत र चीनबीच सीमा विवाद चर्किंदै गएको र दुई देशका सेनाबीच भिडन्त हुँदा युद्ध बढ्ने सम्भावनालाई रोक्न माग गर्दै उनीहरूले बिहीवार दूतावास अगाडि धर्ना दिएका हुन् ।
मानव अधिकार शान्ति समाज नेपालका संस्थापक सभापति कृष्ण पहाडीले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसमक्ष उत्तेजनालाई नबढाउन, समझदारीलाई विस्तार गर्न, वार्ताबाट समाधान खोज्न र युद्धका कुनै पनि सम्भावनालाई खारेज गर्न दबाब दिन दुवै देशका राजदूतावास अगाडि एकैपटक धर्नामा बसेको बताए ।
युद्धले दक्षिण एसियाको शान्ति खल्बलिने र युद्ध कसैले पनि नजित्ने भएकाले युद्ध गर्न प्रोत्साहन गर्नु अपराध हुने पनि उनले बताए ।
अधिकारकर्मीहरूले ‘आवेगमा होइन विवेकको प्रदर्शन गर’, ‘युद्धको कुनै पनि सम्भावनालाई खारेज गर’, ‘समझदारी विस्तार गर’, ‘युद्ध निषेधः शान्ति विशेष’ ‘स्टप वार प्रोमोट पिस’, ‘वार इज क्राइम’ लगायत लेखिएका प्लेकार्ड बोकेर धर्ना दिएका थिए ।
केही दिनयता भारत र चीनबीच सीमा विवाद चर्किएको छ र दुई देशका सेनाबीच भीडन्त हुँदा २० जना भारतीय सेनाको निधन भएको थियो ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।