काठमाडौं – कोरोना भाइरस संक्रमण रोकथाम र उपचारमा कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा सरकार ‘फेल’ भएपछि लकडाउनकै बेला कम्युनिस्ट नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
ओली सरकारले कुरा मात्रै ठूला गरेको र काम केही नगरेको भन्दै ओखलढुंगाका असन्तुष्ट युवाहरू कांग्रेस प्रवेश गरेका छन् । ओखलढुंगा जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका–२ मा नेकपा परित्याग गरी कांग्रेस प्रवेश गरेका छन् ।
कांग्रेस प्रवेश गर्नेमा क्रान्तिकारी शिक्षक संगठन मानेभञ्ज्याङ गाउँपालिकाका स्थानीय कार्यसमिति संयोजक शिव अधिकारी र माओवादी केन्द्र वाक्सा युवा संगठन सदस्य रविन्द्र कार्की रहेका छन् ।
नेपालको राजनीतिक इतिहासमा कांग्रेस पार्टी मात्रै इमान्दार रहेको र कम्युनिस्टले झुटा आश्वासन दिएर जनतालाई झुक्याउने गरेको संयोजक अधिकारीले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।