आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतीय सेनालाई मार्न चीनले चलायो यस्तो अनौठो हतियार !

भारतीय सेनालाई मार्न चीनले चलायो यस्तो अनौठो हतियार !

  • मिडिया डबली
  • बिहिवार, आषाढ ४ २०७७

  • 7.6K
    SHARES

  • भारतीय सेनालाई मार्न चीनले चलायो यस्तो अनौठो हतियार !

    काठमाडौं – भारत–चीन सीमावर्ती क्षेत्र लद्दाखमा दुवै देशका सैनिकबीच भएको भिडन्तमा अत्याधुनिक हतियार प्रयोग भएनन् । तर २० जना भारतीय सैनिकको मृत्यु भएको सार्वजनिक भइसकेको छ ।

    सबैले चासोका साथ जान्न चाहेको विषय के थियो भने आखिर चिनियाँ सैनिकले कुन हतियार प्रयोग गरेर भारतीय सैनिकलाई मारे । यसबारे खुलासा भएको छ र अचम्मको हतियार फेला परेको छ ।

    भारत–चीनका सैनिकबीच भएको हिंस्रक भिडन्तमा प्रयोग भएको हतियार भारतीय सञ्चारमाध्यमले सार्वजनिक गरेका छन् । बीबीसी हिन्दीको अनलाइन संस्करणका अनुसार चीनका सेनाले काँटीहरू ठोकेको फलामको रडले भारतीय सेनाका जवानहरूमाथि प्रहार गरेको छ । समाचारमा भनिएको छ, ‘हतियारको तस्वीर त्यहीँ रहेका एक उच्च अधिकारीले बीबीसीलाई पठाएका छन् । यो हतियारको प्रयोग चीनका सेनाहरूले गरेका थिए ।’

    दुवै देशका सेनाबीच १५–१६ जुनमा लद्दाखको गलवान घाँटीमा रातिको समय यस्तो झडप भएको थियो । झडपमा भारतीय सेनाका एक कर्नेलसहित २० सैनिकको मृत्यु भएको छ । चिनियाँ सेनातर्फ पनि मृत्यु भएको तर चीनबाट कुनै आधिकारिक वक्तव्य नआएको भारतको दाबी रहेको छ ।

    चीनतिर पनि नोक्सान भएको भारतीय दाबीलाई चीनले खारेज गरिदिएको छ । यससँगै दुवै देशबीच तनाव बढिरहेको छ । दुबै देशले आफ्नो भू–भाग अतिक्रमणमा परेको आरोप लगाइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ४ २०७७०८:३२:०५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend