आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतले नाकाबन्दी लगायो ? 'माथिको आदेश' भन्दै २५ ट्रकलाई प्रवेश निषेध !

भारतले नाकाबन्दी लगायो ? 'माथिको आदेश' भन्दै २५ ट्रकलाई प्रवेश निषेध !

  • मिडिया डबली
  • बिहिवार, आषाढ ४ २०७७

  • 7.9K
    SHARES

  • भारतले नाकाबन्दी लगायो ? 'माथिको आदेश' भन्दै २५ ट्रकलाई प्रवेश निषेध !

    काठमाडौं – भारतले नेपाली भूमिमा गरेको अतिक्रमणपछि चर्किएको विवादले असन्तुष्ट बनेको भारतले कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीको गृहजिल्ला झापाको मेची पुलबाट भारततिर प्रवेश गर्न खोजेका २५ ट्रकलाई निषेध गरेको छ ।

    भारतको पश्चिम बंगाल सरकारले नेपाली ट्रकलाई निर्यात अवरोध गर्दा नेपालबाट भारत र बंगलादेश निर्यात हुन लागेका २५ ट्रकमा रहेको नेपाली उत्पादन मेची पुलमा अड्किएको छ ।

    यसअघि नेपालले संविधान जारी गर्दा असन्तुष्ट बनेको भारतले अघोषित नाकाबन्दी गरेको थियो । नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नक्सा जारी गरेपछि यसपालि समेत भारत असन्तुष्ट बनेको छ । कतिपयले असन्तुष्ट भारतले अप्रिय कदम चाल्नेसक्ने अनुमान गरिरहेका बेला भारतीय पक्षबाट नेपाली ट्रकलाई निषेध गरिएको छ ।

    लकडाउनको समयमा पनि भारतबाट निरन्तर सामान आयात भइरहे पनि नेपाली वस्तु निर्यातमा अवरोध गरिएको छ । नेपाल–बंगलादेशबीच व्यापार गर्दै आएका व्यवसायी पन्नालाल जैनले भारत तथा नेपालको भन्सार र व्यवसायी बिचको मौखिक समझदारी अनुसार नेपाली वस्तु भारत निकासी गर्ने गरिएको भएपनि यसपालि रोकिएको छ ।

    भारतीय प्रहरीले मेची पुलबाट नेपाली ट्रकलाई प्रवेश गर्नै दिएको छैन । ‘बंगाल प्रहरीले माथिको आदेश नआएको भन्दै सामान रोकेको छ,’ व्यवसायी जैनले भने, ‘गाडी अगाडि जान नदिएपछि फर्काउन पनि मिलेन, सबै गाडी मेची पुलमा अलपत्र परेका छन् ।’

    सीमा अलपत्र परेका सबै गाडी चिया, अलैंची र अम्रिसोका रहेका व्यवसायीले जनाएका छन् । चिया र अलैंची भारत तथा अम्रिसो बंगलादेश निर्यात गर्ने गरिएको छ ।

    मेची भन्सार कार्यालयले कुनै पनि नेपाली कृषिजन्य उत्पादन निर्यात गर्न बंगालले नदिएको जानकारी दिएको छ । भन्सार प्रमुख ध्रुवराज विश्वकर्माले भने, ‘नेपाली सामान नल्याउनु भन्ने आदेश भारतीय प्रहरीलाई रहेछ, त्यही भएर सामान रोकिएको छ ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ४ २०७७०८:२४:०२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend