आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

केपी ओलीसँग नरहेको वामदेव गौतमको घोषणा, नेकपाभित्र छिट्टै उथलपुथल हुने संकेत

केपी ओलीसँग नरहेको वामदेव गौतमको घोषणा, नेकपाभित्र छिट्टै उथलपुथल हुने संकेत

  • मिडिया डबली
  • बिहिवार, आषाढ ४ २०७७

  • 23.0K
    SHARES

  • केपी ओलीसँग नरहेको वामदेव गौतमको घोषणा, नेकपाभित्र छिट्टै उथलपुथल हुने संकेत

    काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र अमेरिकी सहयोगको एमसीसी सम्झौता विवाद चर्किरहेका बेला उपाध्यक्ष वामदेव गौतमले आफू प्रधानमन्त्री केपी शर्मा ओलीसँग नरहेको घोषणा गरेका छन् ।
    उपाध्यक्ष गौतमको सचिवालयका तर्फबाट प्रेस संयोजक विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै प्रधानमन्त्री ओलीसँग पार्टीभित्र थुप्रै असहमति रहेका जनाएका छन् ।

    सुदेवीले बिहीबार ३ बुँदे प्रस्टीकरणमार्फत पार्टीभित्रको पछिल्ला अन्तरविरोध र मुख्य मुद्दाहरूमा उपाध्यक्ष गौतमको अडानबारे स्पष्ट पारेका हुन् । ‘केपी ओलीका कार्यशैलीमाथि पार्टी नेतृत्वभित्रै अनगिन्ती असहमति छन् । समयक्रममा ती बाहिर आउने छन् । वामदेव यही कित्तामा अडिग हुनुहुन्छ । एमसीसी सहितका विभिन्न निर्णय प्रक्रियामा उहाँ प्रधानमन्त्रीको साथमा हुनुहुन्न,’ प्रेस संयोजक सुवेदीले लेखेका छन्, ‘सरकारमा पार्टीका संस्थागत निर्णय कार्यान्वयन नहुने, सरकार र पार्टी अलग किसिमले चल्नेबारे पार्टी नेताहरूको छिट्टै सामूहिक प्रतिक्रिया आउँदैछ । वामदेवलाई पनि त्यहीँ भेटिँदैछ ।’

    ओली सरकारका गतिविधिले पार्टीभित्र असन्तुष्टि बढिरहेका बेला वामदेवको सचिवालयले छिट्टै सामूहिक प्रतिक्रिया आउँदैन भन्ने खुलासा गरेर नेकपाभित्र उथलपुथलको संकेत गरेको छ । अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एमसीसीले विवाद बढेको विषय समेत सञ्चारमाध्यममा आएका छन् ।

    सुवेदीले उपाध्यक्ष गौतम सरकारमा जाने हल्ला पूर्णतः निराधार भएको समेत बताएका छन् । ‘सरकारमा जाने र प्रधानमन्त्रीका कदमहरूका पक्षधरका रुपमा उहाँलाई चित्रित गर्ने क्रम बन्द होस्,’ सुवेदीले लेखेका छन् ।

    एमसीसी सम्झौतालाई संसदबाट पारित गराउन प्रधानमन्त्री ओलीले अनेक उपाय खोजिरहेपनि नेकपा सचिवालयमा अल्पमतमा परेका कारण योजना पूरा हुन सकिरहेको छैन । प्रचण्डसहित बहुमत सचिवालय सदस्य एमसीसीको विरुद्धमा रहेका छन् ।

    केही कुरा स्पष्ट पारिएको छ । १. क. वामदेव गौतम सरकारमा जाने हल्ला पूर्णत: निराधार हो । सरकारमा जाने र प्रधानमन्त्रीका...

    Posted by Bishwamani Subedi Bimasu on Thursday, June 18, 2020

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ४ २०७७०७:५९:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend