आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मन्त्रिमण्डल हेरफेर गर्दै ओली, विना मगर बाहेक यी मन्त्रीको जाने भयो पद!

मन्त्रिमण्डल हेरफेर गर्दै ओली, विना मगर बाहेक यी मन्त्रीको जाने भयो पद!

  • मिडिया डबली
  • बिहिवार, आषाढ ४ २०७७

  • 177.9K
    SHARES

  • मन्त्रिमण्डल हेरफेर गर्दै ओली, विना मगर बाहेक यी मन्त्रीको जाने भयो पद!

    काठमाडौं–सरकार चलायमान रहेको सिम्बोलिक सन्देश दिनेगरी वर्षे अधिवेशनपछि मन्त्रीमण्डल पुनर्गठनको तयारी छ । प्रधानमन्त्री झैँ अध्यक्ष प्रचण्ड पनि मन्त्रीमण्डलका एकाध सदस्यलाई तत्काल फिर्ता बोलाउनुपर्ने दबाबमा छन्। ऐन मौकामा आफ्नो आग्रह अवज्ञा गर्ने गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई दाहालले हटाउनुपर्ने इज्जतको सवाल बनेको अवस्था छ । तर,दुबै जना सरकारमा गएदेखि नै प्रधानमन्त्री ओलीको इच्छाअनुसार चलिरहेकोले उनीहरुको नियति के हुन्छ यकिन छैन ।

    पहिलो लटमा मन्त्री बनेका सबैलाई फिर्ता बोलाउने मापदण्डमा अध्यक्षद्वय सहमत हुनसक्ने बताइएको छ । उक्त मापदण्ड अपनाउँदा ओली र दाहाललाई ‘सर्प मर्ने, लठ्ठी पनि नभाँचिने’ सिद्धान्त सम्झाउन सहज हुने छ । प्रधानमन्त्रीलाई पनि खानेपानी मन्त्री तथा अध्यक्ष दाहालकी बुहारी बीना मगरलाई जसरी पनि हटाउनु छ । तर,मगरलाई मात्र हटाउन पनि अवस्था सहज छैन ।

    पहिलो लटमा मन्त्री बनेका सबैलाई फिर्ता बोलाउने मापदण्डमा टेक्दा बादल, वीना र अर्थमन्त्री युवराज खतिवडा सबैजसो मन्त्रीमण्डलबाट एकैचोटी सफाया हुने सम्भावना छ । त्यसपछि वामदेवलाई उपप्रधानमन्त्रीसहित रोजेको मन्त्रालय लिने अफर छ ।

    पुनर्गठनमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठलाई मन्त्री बनाउँदा गिरिराजमणि पोखरेल पनि हट्नेछन् । साथै,श्रेष्ठलाई मन्त्री बनाएपछि सचिवालयमा प्रधानमन्त्री निकट सदस्यहरूको संख्या स्थायी रूपमा पाँच जना बन्ने बुझाई छ । तर,एमसीसी बाहेकका मुद्दामा बादलले पनि आगामी दिनमा प्रधानमन्त्रीलाई नै साथ दिने आँकलन गरिएको छ । वामदेव गौतमलाई बालुवाटारले प्रधानमन्त्रीपछिको वरियतामा रहनेगरी जुनसुकै मन्त्रालयको जिम्मेवारी लिन प्रस्ताव गरेको सन्दर्भ गतसाता नै बाहिर आइसकेको छ । यद्यपि यो काम संबैधानिक हिसाबले सहज नहुने स्थिति आफ्नो ठाउँमा बिध्यमान छदैछ!

    असार १५ गतेभित्र संसदले पास नगरेमा भोलिपल्टदेखि एमसीसी लागू हुनसक्दैन । त्यसैगरी,कोरोना र लकडाउनका कारण आगामी आर्थिक वर्षको बजेट पारित भएपछि संसदको वर्षे अधिवेशन लम्ब्याउनुपर्ने बिजनेश पनि केही देखिँदैन । तसर्थ, सरकारले संसद अधिवेशनको अन्त्य तत्काल गर्ने सम्भावना बढेको छ ।

    स्रोतका अनुसार सरकारले कोरोना महामारी र लकडाउनको असहज अवस्थालाई देखाएर भएपनि अमेरिकासँग एमसीसी संसदबाट पारित हुने र लागू हुने मिति केहीपछि सार्न अनुरोध गर्ने सम्भावना पनि देखिँदैछ । तर,प्रधानमन्त्रीले संसदबाट एमसीसी ‘जसरी पनि’ पारित गर्छु भनेमा त्यो ‘जसरी पनि’ पारित हुनसक्ने सम्भावना सँधै स्पष्ट छ ।

    उनले ‘जसरी पनि’ पारित गराएर पार्टीभित्र थप विवाद निम्त्याउनु भन्दा पारित नहुनुमा दोषीचाँहि प्रचण्ड र माधव नेपाललाई देखाउनुमा आफ्नो राजनीतिक सफलता देख्न सक्ने पनि अर्थ लगाइएको छ । यस्तो अवस्थामा कालान्तरमा माधव नेपाललाई भन्दा बढी अप्ठेरो प्रचण्डलाई पर्ने भएकाले एमसीसी पारित नभएमा त्यसको दोष उनको टाउकोमा हालिदिने सम्भावना पनि अर्कोतिर देखिन्छ । जनआस्था साप्ताहिक

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ४ २०७७०९:५७:०७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend