आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतलाई ठूलो सफलता, यूएन परिषद्को अस्थायी सदस्यमा निर्विरोध निर्वाचित

भारतलाई ठूलो सफलता, यूएन परिषद्को अस्थायी सदस्यमा निर्विरोध निर्वाचित

  • मिडिया डबली
  • बिहिवार, आषाढ ४ २०७७

  • 4.4K
    SHARES

  • भारतलाई ठूलो सफलता, यूएन परिषद्को अस्थायी सदस्यमा निर्विरोध निर्वाचित

    काठमाडौं – संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा भारत, मेक्सिको, नर्वे र आयरल्यान्ड निर्वाचित भएका छन् ।

    बुधबार संयुक्त राष्ट्रसंघको महासभाले अस्थायी सदस्यका रुपमा ४ मुलुकलाई निर्वाचित गरेको हो ।

    नवनिर्वाचित अस्थायी सदस्यको कार्यकाल सन् २०२२ सम्म हुनेछ । नयाँ सदस्यको कार्यकाल जनवरी १ २०२१ बाट सुरू हुन्छ ।

    धेरै लामो समयदेखिको पहल र अभियानका बाबजुद क्यानडा भने निर्वाचित हुन सकेन । ‘वेस्टर्न ब्लक’को २ सिटका लागि भएको निर्वाचनमा क्यानडा आयरल्यान्ड र नर्वेसँग पराजित भयो । प्रधानमन्त्री जस्टिन टुडोले राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यको निर्वाचनमा आफ्नो पक्षमा माहोल बनाउन १३ जना कर्मचारी नै खटाएका थिए ।

    एसिया प्रशान्त क्षेत्रका लागि भारत भने निर्विरोध निर्वाचित भएको हो । भारतले १८४ मत प्राप्त गरेको छ भने मेक्सिकोले १८७ मत पाएको छ । अफ्रिकाबाट केन्याले ११३ मत प्राप्त गर्दा जिबुटीले ७८ मत प्राप्त गरेको छ । अफ्रिका क्षेत्रका लागि बिहीवार फेरि दोस्रो चरणका लागि मतदान हुने जनाइएको छ ।

    राष्ट्रसंघीय सुरक्षा परिषदमा १० वटा देश अस्थायी सदस्यका रुपमा प्रत्येक २ वर्षमा निर्वाचित हुने गरेका छन् । बेलायत, चीन, फ्रान्स, रुस र अमेरिका भने सुरक्षा परिषद्का स्थायी सदस्य हुन् । स्थायी सदस्यसँग भिटो पावर हुन्छ । राष्ट्रसंघीय सुरक्षा परिषदमा आगामी दुई वर्ष (२०२१–२२) का लागि अस्थायी सदस्य रहने यो तहमा एकैसाथ एसिया प्यासिफिकसहित अफ्रिका, पूर्वी युरोप, ल्याटिन अमेरिकी तथा क्यारेबियन, पश्चिमी युरोप तथा अन्य गरेर ५ सदस्यको निर्वाचन हुनेछ ।

    राष्ट्रसंघीय सुरक्षा परिषद्ले शान्ति स्थापना, अन्तर्राष्ट्रिय प्रतिबन्ध र विश्वका विभिन्न क्षेत्रमा देखिएका द्वन्द्व न्यूनीकरणका लागि काम गर्दै आएको छ । चीनसँग तनाव बढिरहेको अवस्थमा भारत राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

    नेपाल यसअघि सन् १९६९–७० र १९८८–८९ को २ चरणमा सुरक्षा परिषद्को अस्थायी सदस्यमा निर्वाचित भइसकेको छ । राष्ट्रसंघीय मानवअधिकार परिषद्मा पनि हाल नेपाल सदस्य रहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ४ २०७७०७:४१:२६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend