आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बिहानै ४२ कोरोना संक्रमित थपिए

बिहानै ४२ कोरोना संक्रमित थपिए

  • मिडिया डबली
  • बिहिवार, आषाढ ४ २०७७

  • 6.3K
    SHARES

  • बिहानै ४२ कोरोना संक्रमित थपिए

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस संक्रमण नेपालमा समेत दिनदिनै बढ्दै गइरहेको छ ।

    बिहीबार बिहान गण्डकी प्रदेशमा ४२ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य निर्देशनालय पोखराले बिहीवार बिहान जारी गरेको प्रेस विज्ञप्ति अनुसार पूर्वी नवलपरासीमा १८, तनहुँमा १२, गोरखामा ११ र मनाङमा १ जना संक्रमित थपिएका छन् ।

    हिमाली जिल्ला मनाङमा पहिलो पटक कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशमा मुस्ताङबाहेक १० वटै जिल्लामा कोरोना संक्रमित देखिएका छन् ।

    बिहीवार थपिएका ४२ जनासँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाहरुको संख्या २८९ पुगेको छ ।

    गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार मनाङको चामे गाउँपालिकामा कार्यरत १ जना पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको छ । उनको स्थायी ठेगाना भने कपिलवस्तुको बाँणगंगा–१४ रहेको शर्माले बताएका छन् ।

    पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिकामा १७ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितहरू १७ देखि ४५ वर्ष उमेर समूहका पुरुष हुन् । डा. शर्माका अनुसार २ जनाको भने उमेर खुलेको छैन ।

    पूर्वी नवलपरासीकै गैंडाकोट नगरपालिकाका २८ वर्षीय १ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । तनहुँका १२ संक्रमितमध्ये ऋषिङ गाउँपालिकाका ७, भानु नगरपालिकाका ४ र शुक्लागण्डकी नगरपालिकाका १ जना रहेका छन् । संक्रमितहरू १८ वर्षदेखि ५२ वर्ष उमेरका पुरुष रहेका छन् ।

    गोरखाको पालुङटार नगरपालिकामा ७ जना र शहीद लखन गाउँपालिकामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पालुङटारमा २३ देखि ४६ वर्ष उमेर समूहका ६ जना पुरुष र ४० वर्षीया १ जना महिलामा संक्रमण देखिएको जनाइएको छ ।

    गोरखाकै शहीद लखन गाउँपालिकामा ५४, ३१, ३८ र २७ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको जनाइएको छ ।

    gand.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ ४ २०७७०६:५३:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend