आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बालुवाटारतिर छिट्टै मन्त्री हेरफेरको गाइँगुइँ, वामदेव र नारायणकाजीलाई अफर !

बालुवाटारतिर छिट्टै मन्त्री हेरफेरको गाइँगुइँ, वामदेव र नारायणकाजीलाई अफर !

  • मिडिया डबली
  • बुधवार, आषाढ ३ २०७७

  • 7.4K
    SHARES

  • बालुवाटारतिर छिट्टै मन्त्री हेरफेरको गाइँगुइँ, वामदेव र नारायणकाजीलाई अफर !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले छिट्टै मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी गरेकोबारे बालुवाटारतिर गाइँगुइँ चल्न थालेको छ ।

    भोलि बिहीबार साँझ ५ बजे राष्ट्रिय सभाबाट बजेट पास भएलगत्तै प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

    हाल सत्तारुढ दल नेकपाभित्र अमेरिकी सहयोगको एमसीसी सम्झौताबारे विवाद रहेका बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् ।

    नेकपा सचिवालयमा रहेका प्रधानमन्त्री ओली, सचिवालय सदस्य ईश्वर पोखरेल र पार्टी महासचिव विष्णु पौडेल एमसीसीलाई संसदबाट अनुमोदन गर्ने पक्षमा रहेका छन् भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालय सदस्यहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठ एमसीसी विरुद्धमा छन् । गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा एमसीसीविरुद्ध भएपनि खुलेर आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।

    राष्ट्रपति विद्यादेवी भण्डारीको मध्यस्थतामा सोमवार शितल निवासमा भएको भेटमा समेत प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच एमसीसीबारे सहमति हुन नसकेपछि ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेर एमसीसी पारित गर्ने रणनीति लिएको स्रोतले जनाएको छ ।

    शितलनिवासमा भएको भेटमा नेकपाका अध्यक्ष प्रचण्डले पूर्व माओवादीमा ऊर्जामन्त्री समेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ बाहेक अन्य कोही पनि एमसीसीको पक्षमा नरहेकाले एमसीसीलाई अघि बढाउन नसकिने प्रस्ट जवाफ दिएका छन् । प्रचण्डको अडानपछि एमसीसी संसदबाट पारित हुने सम्भावना अन्त्य हुँदै गएको छ ।

    एमसीसी संकटमा परेका बेला प्रधानमन्त्री ओलीले सचिवालयका सदस्यहरू गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेलबाहेक पुराना मन्त्रीलाई परिवर्तन गर्ने तयारी गरेको स्रोतले जनाएको छ । प्रधानमन्त्री ओली पूर्व माओवादीबाट मन्त्रिमण्डलमा प्रतिनिधित्व गर्ने ऊर्जामन्त्री वर्षमान पुन, खानेपानीमन्त्री बिना मगर र शिक्षामन्त्री गिरिराजमणी पोखरेललाई परिवर्तन गर्ने पक्षमा रहेका छन् ।

    पुराना मन्त्रीमध्येबाट वनमन्त्री शक्ति बस्नेत र गृहमन्त्री थापालाई निरन्तरता दिनेमा ओली छन् । उद्योगमन्त्री लेखराज भट्ट र श्रममन्त्री रामेश्वर राय यादव मन्त्री भएको धेरै नभएकाले दुवैलाई हटाइहाल्ने पक्षमा प्रधानमन्त्री ओली नभएको स्रोतले जनाएको छ । उद्योगमन्त्री भट्ट पछिल्लो समय प्रधानमन्त्री ओली पक्षमा खुलेरै लागेका छन् । अर्का अध्यक्ष प्रचण्ड भने उद्योगमन्त्री भट्ट र गृहमन्त्री थापालाई हटाउनुपर्ने पक्षमा रहेका छन् ।

    प्रधानमन्त्री ओलीले नेकपाका प्रवक्ता समेत रहेका सचिवालय सदस्य श्रेष्ठलाई शिक्षामन्त्री हुन आग्रह गरेका छन् भने बामदेव गौतमलाई उपप्रधानसहित अर्थमन्त्री हुन प्रस्ताव गरिएको छ । तर श्रेष्ठले परराष्ट्र मन्त्रालयमा रुची देखाएका छन् । श्रेष्ठ र गौतमलाई मन्त्रिपरिषद्मा प्रवेश गराएसँगै सचिवालयमा आफ्नो बहुमत बन्ने प्रधानमन्त्री ओलीको हिसाब रहेको छ । अर्थमन्त्रीकै लागि पार्टी महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे समेत दौडमा रहेका छन् ।

    पूर्व एमालेबाट अर्थमन्त्री युवराज खतिवडासहित, भुमिसुधार मन्त्री पद्मा अर्याल, खेलकुदमन्त्री जगत विश्वकर्मा र उद्योगराज्यमन्त्री मोतीलाल दुगडलाई हटाउने तयारीमा प्रधानमन्त्री ओली रहेका छन् । रिक्त रहेका सञ्चार र शहरी विकास मन्त्रालयमा समेत नयाँ मन्त्री नियुक्त गर्ने तयारी भइरहेको स्रोतको दाबी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ३ २०७७०८:४२:५८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend