आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सुदूरपश्चिमकी १ महिलामा मृत्युपछि कोरोना पुष्टि

सुदूरपश्चिमकी १ महिलामा मृत्युपछि कोरोना पुष्टि

  • मिडिया डबली
  • बुधवार, आषाढ ३ २०७७

  • 6.3K
    SHARES

  • सुदूरपश्चिमकी १ महिलामा मृत्युपछि कोरोना पुष्टि

    काठमाडौं – कोरोना भाइरस संक्रमण ह्वात्तै बढेसँगै नेपालमा मृतकको संख्या समेत बढ्दै गएको छ ।

    बाँकेको नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत कैलालीको लम्कीचुहा नगरपालिका–२ की ४३ वर्षीया महिलामा मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

    टाउकोमा चोट लागेर उपचार गर्न जेठ ३१ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुर लगिएकोमा मंगलबार मृत्यु भएको थियो । मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्यालय बाँकेका सूचना अधिकारी दीर्घराज उपाध्यायले बताएका छन् ।

    उपाध्यायका अनुसार मृतकको शव मेडिकल कलेजमै राखिएको छ ।

    सुदूरपश्चिममा यसअघि कैलालीको धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीया महिला र बाजुराको बुढीगंगा नगरपालिकाकी २ वर्षीया बालिकको कोरोनाले मृत्यु भएको थियो । सुदूरपश्चिमका तीनै जनामा मृत्युपछि मात्रै कोरोना पुष्टि भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ३ २०७७०८:१९:०४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend