काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारीसँगै भारतबाट आएर अर्घाखाँची आएर क्वारेन्टाइनमा बसेका बेला आत्महत्या गरेका पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनाको क्वारेन्टाइनमा बसेर आत्महत्या गरेका पुरुषमा संक्रमण पुष्टि भएको बताए ।
जुकेनाको हरि माविको क्वारेन्टाइनमा बसेका ४५ वर्षका पुरुषले क्वारेन्टाइन नजिकैको रुखमा झुण्डिएर मंगलबार राति आत्महत्या गरेका वडाध्यक्ष कमल पौडेलले बताएका छन् ।
क्वारेन्टाइनमै रहेका बेला स्वाब नमूना संकलन गरेर पीसीआर परीक्षण गरिएकोमा आत्महत्या गरिसकेपछि पोजेटिभ रिपोर्ट आएको छ ।
ती व्यक्तिलाई भारतबाट आएको २५ दिन भएको थियो । उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेका वडाध्यक्ष पौडेलले बताएका छन् ।
आत्महत्या गरेका पुरुषसँग क्वारेन्टाइनमा ३ जना समेत बसेका थिए । आत्महत्या किन गरे भन्ने यकिन हुन नसकेको प्रहरीले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।