आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

आरडीटी ‘नेगेटिभ’ आएर घर पठाइयो, घरमा आत्महत्या गरेपछि पीसीआर ‘पोजेटिभ’

आरडीटी ‘नेगेटिभ’ आएर घर पठाइयो, घरमा आत्महत्या गरेपछि पीसीआर ‘पोजेटिभ’

  • मिडिया डबली
  • बुधवार, आषाढ ३ २०७७

  • 6.2K
    SHARES

  • आरडीटी ‘नेगेटिभ’ आएर घर पठाइयो, घरमा आत्महत्या गरेपछि पीसीआर ‘पोजेटिभ’

    काठमाडौं – कर्णाली प्रदेशको सुर्खेतमा झुण्डिएर मृत अवस्थामा भेटिएकी एक युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

    घर नजिकै झुण्डिएर आत्महत्या गरेकी सिम्ता गाउँपालिका–८ की २५ वर्षीया युवतीमा कोरोना पुष्टि भएको जनाइएको छ ।

    असार १ गते आत्महत्या गरेकी ती महिलाको शव पोस्टमार्टमका लागि मेहलकुना अस्पताल लगिएको थियो । पोस्टमार्टम गर्नुअघि कोरोना परीक्षण गर्दा बुधवार संक्रमण पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताएका छन् ।

    युवती गत जेठ १२ गते श्रीमान् र ३ वर्षकी छोरीसहित भारतबाट आएर सिम्ताकै एक क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्किएकी थिइन् । क्वारेन्टाइनबाट घर जाने क्रममा आरडीटी विधिबाट कोरोना एन्टीबडी जाँच गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख चेतननिधि वाग्लेले बताए ।

    आरडीटी नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने गरी पठाइएको उनले बताए । युवतीको शव मेहलकुना अस्पतालमा नै राखिएको छ । उनको शव व्यवस्थापन नेपाली सेनाले गर्ने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ३ २०७७०६:४२:०७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend