आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गोदावरीका हाकिमको कमाउ धन्दा, छोरी र श्रीमतीका नाममा कमिसनको जग्गा !

गोदावरीका हाकिमको कमाउ धन्दा, छोरी र श्रीमतीका नाममा कमिसनको जग्गा !

  • मिडिया डबली
  • बुधवार, आषाढ ३ २०७७

  • 24.2K
    SHARES

  • गोदावरीका हाकिमको कमाउ धन्दा, छोरी र श्रीमतीका नाममा कमिसनको जग्गा !

    काठमाडौं – ललितपुर जिल्लाको महत्त्वपूर्ण स्थानीय तह गोदावरी नगरपालिकाको कार्यसञ्चालन र विकास योजना सञ्चालनमा प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद जैशीको कार्यशैली र सेवाग्राहीप्रतिको व्यवहार दिनप्रतिदिन आलोचित बन्दै गएको छ ।

    गोदावरी नगरपालिकामा २०७५ भदौमा सरुवा भएर आएदेखि नै आर्थिक अनियमिततामा व्यापक रुपमा जोडिँदै आएका छन् ।

    अधिकृत जैशी, नगरपालिकाका कर्मचारी, जनप्रतिनिधिसँग पनि सुमधुर सम्बन्ध नराख्ने प्रशासक हुन् । अधिकांश ठेक्का योजना, उपभोक्ता समिति र दैनिक कार्यसञचालनमा समेत आर्थिक चलखेलमा मुछिएका गुनासो आमनागरिकले गर्ने गरेका छन् ।

    नेकपा निकट कर्मचारी संगठनको छत्रछायाँमा शक्तिकेन्द्र धाउँदै स्थानीय निकाय चहार्ने कृष्णप्रसाद जैशी योभन्दा पहिला ठोरी गाउँपालिकाको प्रशासनिक अधिकृत हुँदा भ्रष्टाचारको अभियोगमा त्यहाँका जनताले लखेटेका पात्र हुन् ।

    जैसी गोदावरी नगरपालिका आएदेखि नगर भित्रका प्रत्येक प्लटिङ हाउजिङहरूमा रकम असुल्ने गरेका छन् । उनले गोदावरी नगरपालिका–१० स्थित डाँडागाउँको प्लटिङसँग कमिसन स्वरुप २ कित्ता जग्गा गरी ९ आना लिएर छोरी र श्रीमतीको नाममा गरेका छन् ।

    अन्य स्थानमा भएका प्लटिङहरू गोदामचौर, झरुवारासी, टाहाखेल लगायतका ठाउँबाट रकम असुल्ने गरेको जनगुनासो छ । जैसीले गोदावरी नगरपालिकाको प्रमुख आयस्रोतको रुपमा रहेको ढुंगा खानी क्रसर व्यवसायबाट पनि रकम असुल्ने गरेका छन् । देवीचौर, नल्लु क्षेत्रका मापदण्ड विपरीतका ढुंगाखानी क्रसरसँग रकम उठाउनु उनको प्रमुख आयस्रोत रहेको स्थानीयको आरोप छ ।

    वडाहरूले सञ्चालन गरेका साना–साना योजनाको समेत अनुगमन गर्ने भन्दै उपभोक्ता समितिबाट अवैध असुली गर्दै आएका छन् । नगरपालिकामा नेपाली कांग्रेसबाट निर्वाचित मेयर गजेन्द्र महर्जन बोर्डमा अल्पमतमा परेको परिस्थितिको फाइदा उठाउँदै क्षेत्र नम्बर १ र ३ बाट निर्वाचित सांसद र नगरमा नेकपा बाट निर्वाचित वडाध्यक्ष र बोर्ड सदस्यको सल्लाह र निर्देशनमा नगरपालिकालाई फेल गराउने गरी कार्यसञ्चालन गर्ने गरेका छन् ।

    godawari.jpg

    आमनागरिकको गुनासो सम्बोधन गर्न ३ महिनाअघि तत्काल सरुवाको लागि प्रक्रिया अघि बढाए पनि प्रदेश सांसद चेतनाथ सञ्जेलको आडमा सरुवा रोकिएपछि आर्थिक अनियमितता अझ बढेको छ । जैसी सांसद सञ्जेल निकट मानिन्छ । जैसीले गोदावरी नगरपालिकाको बोर्ड बैठकको गोप्य कुरा समेत सांसद सञ्जेललाई सुनाउने गरेको नेकपाकै वडाध्यक्ष बताउँछन् ।

    जैसीको भ्रष्टाचारको सीमा नाघेको कारण यतिखेर स्थानीय जनता निकै आक्रोशमा छन् । जैसीले जुनसुकै योजनामा पनि उपभोक्ता समिति र ठेकेदारसँग बिल पास हुनुभन्दा पहिले नजराना बुजाउनुपर्ने पीडित एक ठेकेदार बताउँछन् ।

    जैसीको यस्तो कार्यशैली देखेर स्वयं नगरपालिकाका कर्मचारी समेत रुष्ट छन् । जैसीको यस्तो कार्यशैली देखेर स्थानीय जनता जैसीलाई कालोमोसो दल्ने तयारी गरेको स्थानीय श्याम महर्जनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ३ २०७७०५:१३:००

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend