आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोनाले थप १ महिलाको मृत्यु

कोरोनाले थप १ महिलाको मृत्यु

  • मिडिया डबली
  • बुधवार, आषाढ ३ २०७७

  • 5.6K
    SHARES

  • कोरोनाले थप १ महिलाको मृत्यु

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट बाँकेमा थप १ महिनाको मृत्यु भएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बैजनाथ गाउँपालिका–६ की ४६ वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको बताएका छन् ।

    नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको आईसीयूमा उपचारको क्रममा सोमवार साँझ साढे ६ बजेतिर निधन भएकी ती महिलाको मंगलवार ८ बजेतिर कोरोना रिपोर्ट पोजेटिभ आएको जनाइएको छ ।

    ती महिला जेठ ३० गते अस्पतालमा भर्ना भएकी थिइन् । यसअघि बाँके जिल्लामा जेठ ४ गते नरैनापुर गाउँपालिका–५ का २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो ।

    यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । कोरोना भाइरस संक्रमण रोकथाम र उपचारमा प्रभावकारी काम नगरेको भन्दै सरकारको आलोचना हुने गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आषाढ ३ २०७७०७:१०:१८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend