काठमाडौं – यसपालिको मनसुन नेपाल प्रवेश गरेसँगै आज देशका विभिन्न स्थानहरूमा वर्षा भइरहेको छ ।
मनसुन प्रवेश गरेसँगै ४ दिनयता देशका अधिकांश स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ ।
वर्षासँगै धान रोपाइँ धमाधम चल्न थालेको छ । यसवर्ष काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा गत वर्षभन्दा छिटो रोपाइँ भएको छ ।
बुधबार दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका १–२ स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको जनाइएको छ । प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका १–२ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ ।
बुधवार राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश आंशिक बदली रही बाँकी प्रदेशहरूमा सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का केही स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका १–२ स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका १–२ स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको छ । भारी वर्षा हुने पूर्वानुमान गर्दै मौसम पूर्वानुमान महाशाखाले सचेत रहन सुझाव दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।