काठमाडौं – सीमा विवाद रहेको भारत–चीन सीमा लद्दाख क्षेत्रमा दुवै देशका सैनिकबीच भिडन्त हुँदा २० जना सैनिकको मृत्यु भएको पुष्टि भएको छ ।
सोमबार राति भएको भिडन्तबारे भारतीय सेनाले मंगलवार राति प्रेस वक्तव्य जारी गरेर चिनियाँ सैनिकहरूसँग सोमबार राति भएको झडपमा घाइते भएका थप १७ जना भारतीय सैनिकको मृत्यु भएको जानकारी दिएको छ ।
यसअघि १ कर्णेलसहित ३ सैनिक मारिएको भारतीय विदेश मन्त्रालयले पुष्टि गरेको थियो । झडप भएको स्थानमा कर्तव्य पालनाका क्रममा गम्भीर घाइते भएका १७ जना भारतीय सैनिकहरुको शून्यभन्दा तलको तापक्रम र उच्च हिमाली क्षेत्रमा लागेको चोटका कारण मृत्यु भएको भारतीय सेनाको विज्ञप्तिमा उल्लेख गरेको छ ।
चीनको तर्फबाट भारतीय सेनासँग भएको हिंसात्मक झडपमा चिनियाँ सेना तर्फको हताहतिको बारेमा कुनै विवरण सार्वजनिक भएको छैन । भारत–चीनबीच लामो समयदेखि बढ्दै गएको विवाद चर्किएर भिडन्तको अवस्थासम्म पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।