आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सीमा विवादले भारत र चीनका सैनिकबीच हिंस्रक भिडन्त, १ अधिकृतसहित ३ भारतीय सैनिकको मृत्यु

सीमा विवादले भारत र चीनका सैनिकबीच हिंस्रक भिडन्त, १ अधिकृतसहित ३ भारतीय सैनिकको मृत्यु

  • मिडिया डबली
  • मंगलवार, आषाढ २ २०७७

  • 7.3K
    SHARES

  • सीमा विवादले भारत र चीनका सैनिकबीच हिंस्रक भिडन्त, १ अधिकृतसहित ३ भारतीय सैनिकको मृत्यु

    काठमाडौं – सीमा विवाद चर्किंदै गएपछि चीन र भारतका सैनिकबीच भिडन्त भएको छ ।

    लद्दाखको गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच हिंस्रक भिडन्त भएर भारतका १ सैन्य अधिकृतसहित २ जनाको मृत्यु भएको भारतको रक्षा मन्त्रालयले जनाएको छ ।

    भिडन्तमा एक कमान्डिङ अफिसर र दुई जवान मारिएका हुन् । पूर्वी लद्दाखका ४ वटा स्थानमा भारतीय र चिनियाँ सैनिकहरूबीच विवाद बढेर स्थिति तनावपूर्ण भएपछि गलवान उपत्यकामा भएको भिडन्तमा भारतीय सैनिक मारिएका हुन् ।

    भारत–चीन सैनिक भिडन्तमा २ पक्षबीच तनाव मत्थर पार्नका लागि प्रयास भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ‘दुवै पक्षका वरिष्ठ सैन्य अधिकृतहरू परिस्थितिलाई सामान्य बनाउनका लागि वार्ता गरिरहेका छन्,’ भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

    भारत–चीनबीच लामो समयदेखि सीमा विवाद रहँदै आएको छ । केही दिनअघि दुवै देशबीच वार्ता भएपनि अवस्था भिडन्तमा पुगेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ २ २०७७०२:००:२१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend