आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बिहानै थप १८ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लाका कति ?

बिहानै थप १८ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लाका कति ?

  • मिडिया डबली
  • मंगलवार, आषाढ २ २०७७

  • 4.3K
    SHARES

  • बिहानै थप १८ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लाका कति ?

    काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नेपालमा समेत बढ्दै गइरहेको छ ।

    मंगलबार बिहानै गण्डकी प्रदेशमा थप १८ जना कोरोना भाइरस संक्रमित पुष्टि भएको छ ।

    गोरखा जिल्लामा १०, स्याङ्जामा ४, पूर्वी नवलपरासीमा २ तथा कास्की र बागलुङमा १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या २२३ पुगेको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक डा. विनोदविन्दु शर्माले गोरखा नगरपालिकाका २१ देखि ५३ वर्ष उमेर समूहका ७ पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

    गोरखाकै बारपाक सुलिकोट गाउँपालिकाका ५३ र २५ वर्षका २ जना पुरुषमा पनि कोरोना देखिएको छ । स्याङ्जाको चापाकोट नगरपालिकाका १८, ३५, ३९ र १८ वर्षका ४ जना पुरुषमा कोरोना संक्रमण पाइएको छ ।

    पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका र मध्यविन्दु नगरपालिकाका १–१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    कास्कीको पोखरा महानगरपालिकाका २१ वर्षीय पुरुष र बागलुङको ताराखोला गाउँपालिकाको ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

    संक्रमित व्यक्तिहरू सबै भारतबाट आएकाहरू रहेका छन् । संक्रमितहरू क्वारेन्टाइनमा रहेका छन् । अब सम्बन्धित जिल्लाको आइसोलसन कक्षमा लैजाने तयारी भइरहेको निर्देशक डा. शर्माले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ २ २०७७०७:१४:००

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend