आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनको राजधानी बेइजिङमा फैलियो कोरोना, स्कूल, खेल र मनोरञ्जनस्थलमा प्रतिबन्ध

चीनको राजधानी बेइजिङमा फैलियो कोरोना, स्कूल, खेल र मनोरञ्जनस्थलमा प्रतिबन्ध

  • मिडिया डबली
  • मंगलवार, आषाढ २ २०७७

  • 6.1K
    SHARES

  • चीनको राजधानी बेइजिङमा फैलियो कोरोना, स्कूल, खेल र मनोरञ्जनस्थलमा प्रतिबन्ध

    काठमाडौं – कोरोना भाइरस संक्रमण पहिलो पटक देखिएको चीनमा संक्रमणको दोस्रो लहर फैलिने खतरा बढेपछि राजधानी बेइजिङमा कडा प्रतिबन्ध लगाइएको छ ।

    बेइजिङका धेरैजसो जिल्लाका स्कूलहरू बन्द गरिएका छन् भने खेल र मनोरञ्जन केन्द्र पनि बन्द गरिएको छ ।

    राजधानीका ठाउँठाउँमा सुरक्षा चेक पोस्ट राखिएको छ । चीन सरकारले बेइजिङबासीलाई कोरोना परीक्षण गराउन आह्वान गरेको छ । सुपरमार्केट र कार्यालयमा प्रवेश गर्नेहरूको शरीरको तापक्रम जाँच्न थालिएको छ ।

    ग्लोबल टाईम्सले लेखेको छ, ‘यस्तो लाग्छ राजधानी अब चीनको अन्य क्षेत्रको लागि ‘नो गो जोन’ बनेको छ । किनभने धेरै क्षेत्रहरूले बेइजिङको यात्राका लागि सतर्कता बढाएका छन् र बेइजिङ आगमनमा पनि स्वास्थ्य जाँच कडा पारिएको छ ।’

    बेइजिङमा कोरोना संक्रमणको दोस्रो लहर सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरू भएको थियो । सिन्फाडी भनिने होलसेल मार्केटको जनरल म्यानेजरलाई स्थानीय सरकारले बर्खास्त गरेको छ । मार्केटमा ७९ जना कोरोना संक्रमित फेला परेका थिए ।

    होलसेल मार्केटका १० हजार कर्मचारीमा कोरोना भाइरसको परीक्षण गरिने भएको छ । पछिल्लो समय चीनको अन्य भागको जनजीवन सामान्य बन्दै गइरहेको अवस्थामा राजधानी बेइजिङमा नयाँ संक्रमित भेटिन सुरू भएपछि सावधानीका कडा उपाय उपनाउन थालिएको छ ।

    संसारमै पहिलो पटक चीनको वुहानमा कोरोना संक्रमण देखिएको थियो । त्यतिबेला चीनका अन्य क्षेत्रमा कोरोना फैलिएको थिएन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ २ २०७७०७:०४:४८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend