आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

डा. बाबुराम भट्टराईको सुझाव : कालापानी खोसेर लिन सक्दैनौं, भारतसँग म कुरा गर्दैछु !

डा. बाबुराम भट्टराईको सुझाव : कालापानी खोसेर लिन सक्दैनौं, भारतसँग म कुरा गर्दैछु !

  • मिडिया डबली
  • सोमवार, आषाढ १ २०७७

  • 7.9K
    SHARES

  • डा. बाबुराम भट्टराईको सुझाव : कालापानी खोसेर लिन सक्दैनौं, भारतसँग म कुरा गर्दैछु !

    काठमाडौं – पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नेपाल–भारत सीमा विवाद समाधानका लागि वार्ताको सहजीकरण गर्न आफू तयार रहेको बताएका छन् ।

    गोरखा जिल्ला सदरमुकाममा सोमवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा वार्ताको वातावरण निर्माणका लागि भारतीय नेतासँग आफूले छलफल गरिरहेको नेता भट्टराईले बताए ।

    नेता भट्टराईले भारतीय नेताहरूले वार्ताको वातावरण बनाउन आफूलाई पटक–पटक आग्रह गरेको समेत जानकारी दिएका छन् । ‘भारतका विदेशमन्त्री जयशंकर, अर्थमन्त्री निर्मला सीतारमन जेएनयुकै सहपाठी हुुनुहुन्छ,’ पूर्व प्रधानमन्त्री डा. भट्टराईले भने, ‘उहाँहरूसँग भावनात्मक सम्बन्ध पनि भएकाले बेला–बेलामा सम्पर्क भइरहेको छ । अब त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली जिम्मेवार ढंगले लाग्नुपर्छ ।’

    वार्ताको नेतृत्व सरकारले गर्नुपर्ने भन्दै डा. भट्टराईले आफू सहजीकरण गर्न सहयोगी भूमिका निर्वाह गर्न तयार रहेको बताएका छन् । पूर्व प्रधानमन्त्री डा. भट्टराईले वार्ता र संवादकै माध्यमबाट दुई देशबीचको वर्तमान सीमा विवादको समाधान खोजिनुपर्नेमा जोड दिएका छन् ।

    देशको खोसिएको भूमि प्राप्त गर्न फौजी ढंगले अघि बढ्नु अहिलेको सन्दर्भमा असान्दर्भिक हुने डा. भट्टराईले बताए । ‘कालापानी क्षेत्रका विषयमा जुन कुरा उठेको छ, त्यो हाम्रो भूमि हो, हाम्रो भूमि कसैले खोसेर लान त सक्दैन,’ डा भट्टराईले भने, ‘अब अत्यन्त जिम्मेवार ढंगले राजनीतिक र कूटनीतिक वार्तामार्फत समाधानको बाटो खोज्नु उपयुक्त हुन्छ ।’

    भट्टराईले आफ्नो देशको मिचिएको भूमिमा भोगाधिकार स्थापित गर्न फौजी ढंगको बल प्रयोग गरेर भारतीय सेनालाई निष्कासित गर्नु एउटा बाटो भए पनि अहिलेको विश्वमा त्यो बुद्धिमानी र व्यावहारिक नहुने बताए । पूर्व प्रधानमन्त्री डा. भट्टराईले वार्ताको पहल नगरी गरिएका वक्तव्यबाजीले मात्र समस्याको समाधान नहुने समेत दाबी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ १ २०७७०८:०१:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend