आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट सरकारको विरुद्धमा जुट्यो नेविसंघ, आज विशाल प्रर्दशन हुँदै

कम्युनिस्ट सरकारको विरुद्धमा जुट्यो नेविसंघ, आज विशाल प्रर्दशन हुँदै

  • मिडिया डबली
  • सोमवार, आषाढ १ २०७७

  • 7.4K
    SHARES

  • कम्युनिस्ट सरकारको विरुद्धमा जुट्यो नेविसंघ, आज विशाल प्रर्दशन हुँदै

    काठमाडौं–् कम्युनिस्ट सरकारले कोरोना भाइरसको रोकथाम गर्न नसकेको, भ्रष्टाचार र विद्यार्थीको भविष्यमाथि खेलवाड गरेको विरोध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आज काठमाडौंमा प्रदर्शन गर्दै छ ।

    नेविसंघले दिउँसो १ बजे काठमाडौंको बिजुली बजारमा प्रदर्शन गर्न लागेको हो । नेविसंघले कम्युनिस्ट सरकारले कोरोनाका नाममा भ्रष्टाचार गरेको भनेर प्रदर्शन गर्न लागेको जनाएको छ ।

    नेविसंघले सरकारका हरेक गलत क्रियाकलापका विरुद्धमा सरकारलाई सच्चिनका लागि दवाव दिने र आम नागरिकलाई सचेत बनाउने उदेश्यले आन्दोलनका कार्यक्रमहरू शुरु गर्न लागेको जनाइएको छ ।

    नेविसंघले यसअघि कक्षा ११ को परीक्षा पनि नलिन सरकारसँग माग गरेको थियो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आइतबार ज्ञापनपत्र बुझाउँदै नेविसंघले ११ को परीक्षा पनि एसईईको जस्तै आन्तरिक मूल्याङ्कन पद्दतिमार्फत टुङ्ग्याउन माग गरेको छ ।

    कक्षा १२ को परीक्षा भने कोरोना महामारीको जोखिम कम भएपछि नजिकको विद्यालयले निरीक्षण गर्ने गरी होमसेन्टरबाटै लिनुपर्ने नेविसंघको माग छ । कक्षा १२ को परीक्षालाई भने राष्ट्रिय परीक्षाको मान्यता दिनुपर्ने माग गरिएको नेविसंघले जनाएको छ ।

    नेविसंघले महामारीकै बीचमा नयाँ शैक्षिकसत्र शुरु गर्नुपर्ने अवस्थामा विद्यार्थीको सिकाइका लागि अनलाइन, रेडियो, टिभी, पत्रपत्रिकालगायतको माध्यमबाट पठनपाठन शुरु गर्नुपर्ने र इन्टरनेटलगायत सबै प्रविधिको निःशुल्क व्यवस्थापन गर्न पनि माग गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ १ २०७७०९:५२:०९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend