आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

झापा पुगेर एमसीसीको बचाउमा लागे प्रवक्ता विश्वप्रकाश शर्मा

झापा पुगेर एमसीसीको बचाउमा लागे प्रवक्ता विश्वप्रकाश शर्मा

  • मिडिया डबली
  • सोमवार, आषाढ १ २०७७

  • 6.7K
    SHARES

  • झापा पुगेर एमसीसीको बचाउमा लागे प्रवक्ता विश्वप्रकाश शर्मा

    झापा – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवादित बनेको एमसीसीको बचाउ गर्दै नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अभिव्यक्ति दिएका छन् ।

    प्रवक्ता शर्माले एमसीसी पास भए अमेरिकी सेना नेपाल पस्ने कुरा निराधार भएको बताएका छन् ।

    नेपाली कांग्रेस झापाले आईतबार आयोजना गरेको कार्यक्रममा प्रवक्ता शर्माले एमसीसी पारित भए अमेरिकी सेना नेपाल पस्छ भन्ने हल्ला निराधार भएको बताए । प्रवक्ता शर्माले भने, ‘अमेरिकाले विश्वका कुनै पनि मुलुकमा अनुमति मागेर प्रवेश गरेको छैन, इराकमा पनि अनुमति लिएर प्रवेश गरेको होइन । अमेरिकी सेना पस्ने हल्ला निराधार हो ।’

    सुनेको भरमा टिप्पणी गर्ने प्रचलनले एमसीसी गलत हो भन्ने आमजनधारणा बनेको उनको भनाइ थियो । ‘अक्षरशः पढ्नुस्, अनि एमसीसी सम्झौता कार्यान्वयनका बारे धारणा बनाउनुस्, यो राष्ट्रिय हितमा भए हितमा छ भन्नुस्, नभए छैन भन्नुहोस्,’ उनले भने, ‘सुनेको भरमा धारणा बनाउनु हुँदैन ।’

    मुलुकको विद्युत् प्रसारण लाइन विस्तार, उत्पादित बिजुली बिक्री–वितरणका लागि एमसीसी परियोजना लाभदायी हुने उनको भनाइ थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ १ २०७७०८:१०:३३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend