आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मोटरसाइकलमा २ जना यात्रा गर्न पाउने तर यी नियम ख्याल गर्नुहोला !

मोटरसाइकलमा २ जना यात्रा गर्न पाउने तर यी नियम ख्याल गर्नुहोला !

  • मिडिया डबली
  • सोमवार, आषाढ १ २०७७

  • 12.3K
    SHARES

  • मोटरसाइकलमा २ जना यात्रा गर्न पाउने तर यी नियम ख्याल गर्नुहोला !

    काठमाडौं – जनस्तरमा चर्काे विरोध भएपछि मोटरसाइकलमा २ जना यात्रा गर्न नपाउने नियम हटाइएको छ ।

    आज सोमवारदेखि मोटरसाइकल र स्कुटरमा २ जना पनि यात्रा गर्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।

    महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले नागरिकलाई समस्या भएको गुनासो बढेसँगै १ जना मात्रै यात्रा गर्नुपर्ने नियम हटाएर २ पाङग्रे गाडीलाई पनि जोर–बिजोर अनुसार चलाउने निर्णय गरेको बताएका छन् ।

    ‘नागरिकको हितलाई ध्यानमा राख्दै हामीले मोटरसाइकलमा २ जना यात्रा गर्न पाउने व्यवस्था गरेका हौं, सोमबार बिहानैदेखि यो नियम लागू भइसकेको छ,’ उनले भने ।

    गत शुक्रवार ४ पाङग्रे निजी गाडीलाई जोर–बिजोर र २ पाङग्रेमा २ जना यात्रा गर्न नपाउने नियम बनेको थियो तर यो नियम अव्यावहारिक भन्दै विरोध बढेपछि २ दिनमै सरकारले निर्णय सच्याएको छ ।

    ४ पाङग्रे निजी गाडी जस्तै अब मोटरसाइकल पनि जोर दिन जोर नम्बरका र बिजोर दिन बिजोर नम्बरका मोटरसाइकल चल्ने छन् । प्रेस, ढुवानी लगायतका गाडीमा भने यो लागू हुने छैन ।

    सरकारले अझै केही दिन सार्वजनिक गाडी भने चलाउन रोक लगाएको छ । कोरोना भाइरसको जोखिम बढिरहेकाले सार्वजनिक गाडी तत्काल नचल्ने जनाइएको छ ।

    लकडाउन खुकुलो भएसँगै काठमाडौं उपत्यकाका सडकमा गाडीको चाप बढेको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार सडक ओहोरदोहोर गर्नेलाई ट्राफिक प्रहरीले सचेतनामूलक प्लेकार्ड देखाउन थालेका छन् ।

    प्लेकार्डमा कोरोनाको जोखिम बढेकाले भौतिक दूरी पालना गरेर यात्रा गर्न र ट्राफिक नियमको पालना गर्न आग्रह सहितको प्लेकार्ड काठमाडौंका चोकचोकमा रहेका ट्राफिक प्रहरीले देखाउन थालेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, आषाढ १ २०७७०७:४५:३२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend